सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

अखाद्य वस्तुबाट उपभोक्ता जोगाउन बजार अनुगमन

अखाद्य वस्तुबाट उपभोक्ता जोगाउन बजार अनुगमन

अखाद्य रंग प्रयोग गरिएका खानाबाट दिर्घकालिन रुपमा प्राणघातक रोगकोसमेत संक्रमण हुने सचेतनासहित बागलुङ बजारमा धामधाम बजार अनुगमन थालिएको छ ।


  • ढोरपाटन संवाददाता
  • असोज १० २०८२, शुक्रबार

बागलुङ/दशैं, तिहार लगायतका चाडपर्वका बेला बजारमा झिनियाको माग र खपत बढ्छ । अन्य समयमाभन्दा रंग मिसिएका अन्य खाद्य सामग्री यो बेला बढी नै प्रयोगमा आउँछन् ।

अखाद्य रंग प्रयोग गरिएका खानाबाट दिर्घकालिन रुपमा प्राणघातक रोगकोसमेत संक्रमण हुने सचेतनासहित बागलुङ बजारमा धामधाम बजार अनुगमन थालिएको छ । बागलुङ नगरपालिकाको संयोजनका अनुगमनमा निस्किएको सरोकारवालाको समुहले बजारका खद्यान्न, माछा, मासु, फलफुल तथा सरकारी पसलहरुमा पुगेर अनुगमन थालेको हो ।

अनुगमनका क्रममा उपभोक्ता हितको ख्याल गर्न, राज्यका नियम कानूनको पालना गरेर मात्रै दैनिक उपभोग्य बस्तुको खरिद बिक्रि गर्न आग्रह गरिएको उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताए ।

बिहिबार गरिएको अनुगमनमा मासुु पसलमा मासु फोहोर भेटिएको, पसलहरुमा अखद रंग मिसिएका झिलिङ्गालगायतका खाद्यसामग्री भेटिएको बागलुङ नगरपालिकाका राजश्व शाखा बधिकृत सरस्वती शर्माले बताईन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->