बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अन्नपुर्ण उपभोक्ता सहकारीको ११औं वार्षिक साधारण सभा

अन्नपुर्ण उपभोक्ता सहकारीको ११औं वार्षिक साधारण सभा


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०८२, आइतबार

पोखरा / पोखरा–१५ स्थित अन्नपुर्ण उपभोक्ता शहकारी संस्था लिमिटेडको एघारौं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सभाको राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेष्डो नेपालका संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाईले सभाको उद्घाटन गर्दै सहकारीले वर्तमान अवस्थामा पनि ८ प्रतिशत लाभांश दिन सक्षम रहेकोमा वधाई दिंदै शुसासित रुपमा संस्था सञ्चालन गरी शेयरधनिलाई प्रतिफल दिन सक्षम हुनु सह्रानीय रहेको बताए ।

संस्थालाई सफल रुपमा सञ्चालन गर्न अध्यक्षदेखि सञ्चालन समिति, उपसमिति र कर्मचारीको उल्लेख्य भुमिका रहने भन्दै अन्नपुर्ण उपभोक्ता पोखराकै उदाहरणीय संस्था मध्ये एक रहेको उनको भनाई थियो । विगतमा सहकारी संस्थाको नेतृत्वले नियमसम्मत् काम नगरेको कारण सयौं सहकारी सञ्चालकहरु कानूनी दायरामा गएको भन्दै संस्थाले आफ्नो प्रतिष्ठालाई भविस्य निरन्तरता दिने तर्फ ध्यान दिनुपर्ने उनले बताए ।

कार्यक्रममा लेखा परीक्षक विष्णु बराल र सहकारीका सदस्य निशा गुरुङ्गले पनि बोलेका थिए । संस्थाका अध्यक्ष क्याप्टेन नरेश थापाले आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रगति तथा चालु आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक कार्यक्रम, कोषाध्यक्ष क्याप्टेन ठाकुरवहादुर थापा मगरले संस्थाको आर्थिक प्रतिवेदन र सहकारी पसलका संयोजक क्याप्टेन प्रेमवहादुर थापा मगरले सहकारी पसलको प्रतिवेदन पेश गरेका थिए । साधारण सभाले पदाधिकारीवाट प्रस्तुत प्रतिवेदनहरुलाई सर्वसम्मतीले पारित गर्नुका साथै चालु आर्थिक वर्षको लेखा परीक्षण नियुक्ती र पारिश्रमिक निर्धारण, कर्मचारीको सेवा सुविधा पुनरालोकन, वचत तथा कर्जाको व्याजदर पुनरवलोकनको साथै घरभाडाको पुनरावलोकन गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

कार्यक्रममा उत्कृष्ठ शेयर पदाधिकारी, उत्कृष्ठ शेयर सदस्य, उत्कृष्ठ कर्मचारी, उत्कृष्ठ ग्राहकलाई सम्मान गरिएको थियो । कार्यक्रममा जेष्ठ सदस्यलाई सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष क्या. नरेश थापाको अध्यक्षता, उपाध्यक्ष विमला गुरुङ्गको स्वागत एवम् निर्वमान सचिव महेशकुमार थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->