आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

असला बचाउँदै राजश्व उठाउने गलकोटको योजना

असला बचाउँदै राजश्व उठाउने गलकोटको योजना

‘करेन्ट लगाएर वा बिषहालेर मार्दा त साना ठूला सबै माछा एकैपटक मर्छन्, त्यो प्रवृत्ति रोक्न जलचर संरक्षण नीति ल्याएका छौं’ गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले भने, ‘माछा मात्र हैन, खोलाका अन्य जिवजन्तुपनि बचाउन यने नीति ल्याउन बाध्य भयौं ।’


  • ढोरपाटन संवाददाता
  • असोज १६ २०८२, बिहिबार

बागलुङ/असला माछाको लागि अब्बल मानिने गलकोटमा पछिल्लो समय बिस्तारै उत्पादन घट्दै गएको छ । पहिला पहिला दैनिक १० केजी सम्म असला बेच्ने अनुभव सुनाउने गलकोटका व्यवसायी अहिले चारकेजी पनि बेच्न नसकेको बताउँछन् । कहिले त माछा नै नभएर पाहुना फर्काएको कतिपयको गुनासो छ ।

जथाभावी माछा मार्ने, बिष हाल्ने, बम पड्काउने र नदीमा अनावस्यक रुपमा गिटीवालुवा उत्खनन् गर्ने, दोहन गर्ने क्रमले असला घट्न थालेको हो । बजारीकरण बढ्दा फोहोर फाल्ने कामले जलचरहरु थप संकटमा परेका छन् । खोलामा करेन्ट लगाएर पनि माछा मार्ने प्रवृत्ति बढ्न थालेपछि गलकोट नगरपालिकाले संरक्षण अभियान समेत थालेको छ ।

‘करेन्ट लगाएर वा बिषहालेर मार्दा त साना ठूला सबै माछा एकैपटक मर्छन्, त्यो प्रवृत्ति रोक्न जलचर संरक्षण नीति ल्याएका छौं’ गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले भने, ‘माछा मात्र हैन, खोलाका अन्य जिवजन्तुपनि बचाउन यने नीति ल्याउन बाध्य भयौं ।’ यो नीतिले केही संरक्षणको बाटो खोलेको उनको भनाइ छ ।

बर्षातमा मात्रै रोक्न सकेपनि माछा उत्पादन बढ्ने र त्यसबाट हिउँदमा व्यवसायीले मनग्ये असला बेच्न पाउने उनले बताए । माछा मारेर जिविकोपार्जन गरेकाहरुलाईपनि त्यसले राहत मिल्ने छ । एकैपटक करेन्ट लगाएर मार्ने र बिष हाल्नेलाई भने कारवाही समेत गरिएको उनले बताए । यो नीति ल्याएसागै नगरपालिकाले माछा मार्नेको नाम सूचीकृत समेत गरेको छ । उनीहरुलाई तोकिएको मौषममा माछामार्ने अधिकार दिइन्छ । साउन, भदौ, असोज र कात्तिक महिनामा माछा मार्न प्रतिबन्ध छ । त्यसपछि माछा मार्न खुला हुन्छ । हिउँदको माघ महिनामा पनि माछा मार्न रोकिएको छ । बाँकी ७ महिना अनुमतिपत्र पाएका जलहारीले माछा मार्छन् ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिव खड्काका अनुसार २ सय ६ जना जलहारीले एक हजार शुल्क तिरेर माछा मार्ने अनुमतिपत्र लिएका छन् । त्यसबाट नगरपालिकाले २ लाख ६ हजार राजश्व समेत संकलन गरेको हो । गत आर्थिक बर्ष २०८१÷०८२ मा अबैध रुपमा माछा मार्ने २७ जनालाई कारवाही गरिएको छ । नीति बिपरित कामगर्नेलाई दफा १४ बमोजिम कसुर हेरेर एक हजार देखि एकलाख रुपैयाँसम्म जरिवाना गर्न सकिने प्रावधान छ ।

बर्षा ऋतुमा असला माछाले फूल पार्ने समय हो । प्राकृतिक नियम बुझेकाहरुले बर्षातमा माछा खान हुँदैन समेत भन्ने गरेको वडा नंं ३ का अध्यक्ष फमबहादुर खत्री बताउँछन् । प्रचलित मान्यतालाई मान्न छाडेपछि गलकोट नगरपालिकाले बर्षातमा खोलानदीमा माछा मार्न प्रतिबन्ध लगाउन थालेको हो ।

अघिल्लो आर्थिक बर्ष नगरसभाले ‘जलचर संरक्षण नीति’ नै बनाएर बर्षातमा माछामार्ने काममा प्रतिबन्ध लगाइसकेको छ । जापान र अष्ट्रेलिया बस्नेहरुले समेत गलकोटबाट असला माग गर्छन् । स्थानीय व्यवसायीले सुकुटी बनाएर पठाउने गरेका छन् । असला उत्पादन कम भएपछि बाहिर पठाउन नसकेको वडा नंं ३ का चित्रबहादुर सलामीले बताए । ताराखोला गाउँपालिकाको सिपदेखि गलकोटको रिघाफेदी सम्मको झण्डै ३५ किमी खण्डमा असला पाइन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->