सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

त्रिभुवन विमानस्थलबाट सुरु भयो आन्तरिक उडान

त्रिभुवन विमानस्थलबाट सुरु भयो आन्तरिक उडान


  • ढोरपाटन संवाददाता
  • असोज १९ २०८२, आइतबार

काठमाडौं / अविरल वर्षाका कारण हिजोदेखि बन्द रहेको आन्तरिक हवाई उडान आज बिहानैबाट सुरु भएको छ । त्रिभुवन विमानस्थल कार्यालयले मौसम अनुकूल रहेका स्थानमा आन्तरिक उडान सुरु भएको जानकारी दिएको हो ।

विमानस्थल कार्यालयका अनुसार नेपालगञ्ज र भद्रपुरमा आज बिहान काठमाडौंबाट उडान भइसकेको छ । पोखरा र सुर्खेतको मौसम पनि हवाई उडानका लागि अनुकूल रहेको भन्ने आएपछि आन्तरिक उडान सुरु गरिएको कार्यालयले जनाएको छ । अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकीदेखि नै नियमित छ ।

काठमाडौं उपत्यकाको अवस्था सामान्य रहे पनि उपत्यका बाहिर जाने सडक भने अझै सामान्य भइनसकेकाले लामो दुरीका गाडी सञ्चालनमा भने रोक लगाइएको छ । यातायात व्यवसायीहरुलाई तत्काल टिकट बुकिङ नगर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->