काठमाडौं / गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे) जेल चलान भएपछि खाली रहेको मनाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ मा तत्काल उपनिर्वाचन नहुने भएको छ । यसका लागि सरकार र निर्वाचन आयोगबीच समझदारी भएको छ।
आइतबार सरकार र निर्वाचन आयोगका आयुक्त सहितका पदाधिकारीबीच भएको छलफलको क्रममा मनाङको उपनिर्वाचन नगर्न समझदारी भएको स्रोतले जानकारी दिएको छ। यसअघि कात्तिक १७ गते मनाङको उपनिर्वाचन गर्ने तयारी भएको थियो । दीपक मनाङे आपराधिक क्रियाकलाप सम्बन्धी मुद्दामा जेल परेपछि उक्त स्थान रिक्त हुन पुगेको थियो । २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा गुरुङ सर्वसम्मत निर्वाचित भएका थिए ।
आयोगका पदाधिकारी र मन्त्रीहरूसँग भएको छलफलमा फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आवश्यक पर्ने बजेटको सिलिङबारे पनि छलफल भएको थियो।





