बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत

पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत

पटक–पटक म्याद थप गर्दा पनि पाँच वर्षसम्म सडक आयोजना सम्पन्न नगरेपछि जमानत जफत गरिएको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले जानकारी दिए ।


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०८२, बिहिबार

पर्वत/पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधिन लुंखुदेउराली–मिलनचोक– बालाकोट–होश्राङदी सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीको जमानत जफत भएको छ ।

सडक निर्माणको जिम्मा पाएको पिआर÷ओमबुद्ध जेभी बसुन्धरा काठमाडौंको मोबिलाइजेशन पेस्की वापतको बैंक जमानत पूर्वाधार विकास कार्यालय पर्वतले जफत गरी असुल गरेको हो । पटक–पटक म्याद थप गर्दा पनि ५ वर्षसम्म सडक आयोजना सम्पन्न नगरेपछि जमानत जफत गरिएको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले जानकारी दिए ।

१८ महिनाभित्र काम सम्पन्न गर्नेगरी २०७८ जेठ १८ गते सम्झौता भएको थियो । २०७९ फागुन १७ गते काम सम्पन्न गर्नुपर्ने भएपनि निर्माण व्यावसायीले सडक चक्ल्याउने बाहेक अन्य काम गरेको थिएन । पटक पटक म्याद थप गरी २०८१ चैत २९ गतेसम्मको समय दिँदापनि काममा नफर्किएपछि जमानत नै जफत गर्नुपरेको अर्यालले बताए ।

११ करोड २२ लाख ६६ हजारको लागतमा निर्माण हुने झण्डै ६ किलोमिटर लामो सडकको निर्धारित समयसम्म ३५ प्रतिशत मात्र भौतिक प्रगति भएको थियो भने वित्तीय प्रगति समेत ३५ प्रतिशत भएको थियो ।

सडक निर्माण सुरु गरेर निर्माण व्यवसायी नै सम्पर्कबिहीन भएपछि उक्त सडक झनै अस्तव्यस्त बनेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->