बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दीको बेगखोलाको अवैध नदीजन्य पदार्थलाई जफत गरिने

म्याग्दीको बेगखोलाको अवैध नदीजन्य पदार्थलाई जफत गरिने


  • ढोरपाटन संवाददाता
  • असोज २५ २०८२, शनिबार

म्याग्दी/ म्याग्दीको रघुगंगा गाउँपालिका–१, बेगखोलामा रहेको क्रसर उद्योगले उत्खनन गरी थुपारेको नदीजन्य पदार्थलाई जफत गरिने भएको छ । बेगखोलामा संकलन गरिएको नदीजन्य पदार्थ अवैधरुपमा लुकिछिपी बेगखोला नदीबाटै निकालिएको अनुगमन टोलीले ठहर गरेको छ । स्थलगत रुपमा गरिएको प्रारम्भीक नापजाँचबाट अवैध देखिएकाले रघुगंगा गाउँपालिकालाई जफत गरी कारबाहीका लागि पठाइएको हो ।

असोज ६ गते प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीको संयोजकत्वमा अनुगमन भएको थियो । जिल्ला समन्वय समितिकी कार्यबाहक प्रमुख दिलकुमारी खत्री, गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापा सहितको प्राविधिक टोलीले बेगखोलामा दोहन गरेर संकलन गरिएको १७ लाख ५३ हजार ५० रुपैयाँ बराबारको नदीजन्य पदार्थ जफत गर्नुपर्ने प्रतिवेदन दिएको जिल्ला समन्वय समितिले जनाएको छ ।

रघुगंगा गाउँपालिकाका प्राविधिकको टोलीले असोज २२ गते बेगखोलामा दोहन भएको प्रतिवेदन जिल्ला समन्वय समितिमा पेश गरेपछि जफत गर्न जिससले गाउँपालिकालाई पत्राचार गरेको हो । अनुगनमनमा प्रजिअ तिवारीले नदीजन्य पदार्थको गैरकानुनी उत्खनन् गरिएको अवस्थामा प्रशासनलाई जानकारी गराउन समेत अनुरोध गरिएको छ ।

म्याग्दी र कालिगण्डकी, राहुघाट क्षेत्रमा जलविद्युत, सडक तथा अन्य भौतिक पूर्वाधारका लागि राखिएको क्रसर आयोजनाको काम सम्पन्न भएपछि समेत निजी स्वार्थमा सञ्चालित भइरहेका छन् । म्याग्दी र कालिगण्डकी नदीमा रहेका क्रसर उद्योगले राज्यलाई कर छली अवैध रूपमा उत्खनन गरेर थुपारेका बालुवाको अवैध भएमा परिणाम मूल्यांकन गरी लिलामी स्थानीय तहले गर्नुपर्छ । स्थानीय तहको समेत प्रयाप्त निगरानी नहुदाँ बर्षेनी लाखौं राजश्व स्थानीय तहले गुमाउने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->