बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बदमास निस्कियो बाँदर, अस्ट्रेलियन नागरिक सहितको दुई पासपोर्ट गाडीको छतबाट लग्यो

बदमास निस्कियो बाँदर, अस्ट्रेलियन नागरिक सहितको दुई पासपोर्ट गाडीको छतबाट लग्यो


  • स‌जय रेग्मी
  • असोज २७ २०८२, सोमबार
तस्विर एअाइ

पर्वत / बाँदरले अनौठा अनौठा क्रियाकलाप गर्ने गरेको त हामीले देखेकै छौँ । कतिपय क्रियाकलापहरू रमाइला लाग्ने खालका भए पनि कतिपय भने निकै कष्टप्रद हुने गरेका छन् । केही वर्ष अगाडि पर्वतको मुडिकुवामा खाना सहितको ‘प्रेसर कुकुर’ नै रुखमा बोकेर गएको चर्चा सेलाएको छैन ।

ग्रामीण क्षेत्रमा बढिरहेको बसाइसराईँले बस्तीहरू रित्तिँदै जाँदा बाँदर सहितका वन्यजन्तुको प्रभाव बढ्दै गइरहेको छ । त्यसैले पनि वन्यजन्तुका विभिन्न हर्कतहरु बढी देखिन थालेका छन् ।  तर पर्वत सदरमुकाम कुश्मामा भने ग्रामीण क्षेत्रमा नभएर मुख्य बजारको एक छेउको भागबाट नै बाँदरले एक जना विदेशी नागरिक सहित एक जना नेपालीको राहदानी नै बेपत्ता पारिदिएको छ । कुश्मा नगरपालिका–५ स्थित आदर्श अङ्ग्रेजी माध्यमिक विद्यालयको नजिकै रहेको अग्लो भीर र खोच रहेको स्थानमा पक्की सडकमा रोकिएको गाडीको छतबाट ‘राहदानी’ सहितको झोला नै बाँदरले बेपत्ता पारिदिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार गत शनिवार अपराह्न करिब ३ बजेको समयमा उक्त घटना भएको हो । कुश्मा नगरपालिका–५ बन्जी साइड हुँदै मुस्ताङ पुग्ने गरी बा.प्र.०१००६ ख ८१८१ नम्बरको सवारी ‘रिजर्भ’ मा आएको थियो । मुस्ताङ जाने बाटैमा पर्ने पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको ‘बन्जी जम्प’ र ‘जिपलाइन’ को अवलोकनका लागि गाडी उक्त स्थानमा पुगेको थियो ।

उक्त सवारीमा नेपाली तथा अस्ट्रेलियन नागरिकहरू सवार थिए । उनीहरूमध्ये चितवनको भरतपुर महानगरपालिका–४ की ३३ बर्षिया दिव्या कार्की र अस्ट्रेलियन नागरिक म्याथ्यू अडाम वाल्मसले को राहदानी सहितका कागजातहरू राखिएको झोला नै सवारीको छतबाट बाँदरले लगेर बेपत्ता बनाएको हो । ‘पार्किङ’ मा रहेको सवारीको छतबाट कागजात सहितको झोला नै बेपत्ता पारिदिएपछि पर्यटकहरु समस्यामा परेका छन् । बाँदरले लगेको झोला खोज्नका भेट्टाउनको लागि शनिवार नै नेपाल प्रहरी र सशस्त्र प्रहरीले बाँदर भागेतिरको भीरमा खोजी गरेको भए पनि फेला पार्न सकिएको छैन् । बाँदरले झोला लगेको स्थान कालीगण्डकी नदी किनारको अग्लो भीर भएकोले त्यो भिरमा पुगेर खोज्न मुस्किल छ । तर भीरबाट खसेको झोला कालीगण्डकी नदीको किनारसम्मको समथर भागमा झरेको भएमा भने भेटिन सक्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->