बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सुनको मूल्य एकैदिन ८ हजार १ सयले बढ्यो

सुनको मूल्य एकैदिन ८ हजार १ सयले बढ्यो


  • ढोरपाटन संवाददाता
  • असोज २८ २०८२, मंगलबार

काठमाडौं/सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य तोलामा ८ हजार एक सय रुपैयाँले बढेको जनाएको छ । महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ४८ हजार पाँच सय रुपैयाँ कायम भएको हो ।

सोमबार छापावाल सुन तोलामा २ लाख ४० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य निरन्तर बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर देखिएको हो ।

यसैबिच, चाँदीको मूल्य मंगलबार बढेर तोलामा ३ हजार ३ सय २५ रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो । सोमबार चाँदी तोलामा ३ हजार २ सय २० रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->