बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखरा पर्यटन परिषद्को २५ औं वार्षिकोत्सव

पोखरा पर्यटन परिषद्को २५ औं वार्षिकोत्सव


  • ढाेरपाटन संवाददाता
  • असोज ३१ २०८२, शुक्रबार
पोखरा/ पोखरामा क्रियाशील पर्यटन सम्बद्ध सघसंस्थाहरूको छाता संगठन पोखरा पर्यटन परिषद्को २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाको परिषद्का संस्थापक अध्यक्ष एवम् सल्लाहकार अशोक पालिखेले उद्घाटन गर्दै परिषद् स्थापनाकालिन विविध पक्षबारे प्रकाश पारेका थि । साथै यसको महिमा र गरिमा बढाउनुपर्ने उनले बताए । पोखराको पर्यटनलाई केवल लेकसाइडमा मात्रै सिमित नगरी यसको दायरालाई फराकिलो बनाउँदै लैजानुपर्नेमा उनले जोड दिए ।
पर्यटन क्षेत्र पोखराको आर्थिक गतिविधिको प्रमुख माध्यम बनेको बताउँदै उनले शान्ति सुव्यवस्थासँगै ढुक्कसँग आफ्नो व्यवसाय गर्ने कुराको सुनिश्चितता हुनुपर्ने आवश्यकता औंल्याए । पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष एवम् सल्लाहकार डम्बरबहादुर केसीले परिषद् सम्बद्ध १४ वटा संस्थाहरू एकतावद्ध हुँदै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । फराकिलो सोचका साथ एकापसमा एकाकार बन्दै अघि बढेमा अपेक्षित उपलब्धि हासिल हुनसक्ने उनले बताए ।
परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटन क्षेत्रका विभिन्न समस्यालाई समाधान गर्दै जान सबैको एकतावद्ध प्रयास आवश्यक हुनेमा जोड दिए । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट पहिलो व्यवसायिक चाटर्ड उडानसँगै नियमित अन्तराष्ट्रिय उडानको पहल, पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रमसँगै परिषद् निरन्तर प्रवद्र्धन र विकासका काममा अघि बढीरहेको उनले बताए । परिषद्का अध्यक्ष पहारीको अध्यक्षता, महासचिव जीवनराज सापकोटाको सञ्चालनमा भएको उद्घाटनसत्रमा प्रथम उपाध्यक्ष हरि भुजेलले स्वागत गरेका थिए । कार्यक्रममा पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक एवम् परिषद्का पूर्व अध्यक्ष गोपिबहादुर भट्टराई, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशका महाशाखा प्रमुख हेमा पोखरेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका लेखा अधिकृत सागर श्रेष्ठ लगायतले बोलेका थिए ।
साधारणसभाको बन्दसत्रले महासचिव जीवनराज सापकोटाले प्रस्तुत गरेको प्रतिवेदन र कोषाध्यक्ष बाबुराम पाण्डेद्वारा प्रस्तुत प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो । परिषद्का अध्यक्ष पहारीको अध्यक्षता एवम् सचिव नारायण सुवेदीले सञ्चालन गरेको बन्दसत्रमा स्वागत द्वितीय उपाध्यक्ष चौबहादुर गुरुङले गरेका थिए । बन्दसत्रमा निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठ, पूर्व अध्यक्ष चिरञ्जिवी पोखरेल लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->