आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

गजल : प्रेम दुरीमा

गजल : प्रेम दुरीमा


  • किरण बराल
  • असोज ३१ २०८२, शुक्रबार

तिमीले स्विकारेकी हौ बस् मजबुरीमा
जून नापी रह्यो धर्तीसंगको प्रेम दुरीमा ।

त्यसरी नै गएथ्यौ छाडेर अप्ठ्यारो बेला
जसरी दियोले पनि, साथ छोड्छ हुरीमा ।

मेरा यादको आगोलाई निभाउँछु भन्थेउ
हो त रहेछ धुवाँ निस्की रहेको छ धुरीमा ।

तिमीलाई मीठो भन्नेहरु पनि छन् मान्दछु
मह काडेसी थोरै गुलियो टाँसिन्छ छुरीमा ।

हर अमुल्य चिज प्रेमले मिल्छ लोभले हैन
जसरी कस्तुरीले सुगन्ध भेट्दैन कस्तुरीमा ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->