पोखरा/‘प्राकृतिक सम्पदाको संरक्षण गरौं,दिगो उत्पादनमा जोड दिऔं’ भन्ने मुल नारामा साथ कास्कीको तेस्रो ठुलो रुपातालमा गत वर्षको तुलनमा झण्डै २० हजार किलोग्रामले माछाको उत्पादन घटेको छ ।
विगत २४ वर्ष देखि तालको संरक्षण गर्दै आय आर्जनका लागि माछापालन गर्दै रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्थाको शुक्रवार सम्मपन्न २४ औं वार्षिक साधारण सभा तथा नवौ अधिवेशनका सहभागी बक्ताहरुले तालमा माछाको उत्पादन घट्दा चिन्ता जाहेर गरेका छन् ।
गत वर्ष सस्थाले विभिन्न जाताका ४०हजार ८५ के जी माछा उत्पादन गरेकोमा यो वर्ष २१हजार ९ सय १० के जी मात्र माछा उत्पादन हुँदा झण्डै ५० प्रतिशतले माछाको उत्पादनमा कमी आएको हो ।
माछाको उत्पादनसँगै आम्दानीमा पनि गत वर्ष एक करोड ७१ लाख ९७ हजार छ सय २४ रुपैयाँको माछा बिक्री भएको थियो भने यो वर्ष एक करोड आठ लाख ४६ हजार नौ सय ६६ रुपैयाँका माछा विक्रि हुदा झण्डै ६० लाख रुपैयाँले कमी आएको हो ।
माछाको उत्पादनका कसरी कमि आयो भन्ने सवालको मुख्य कारणमा वातावरणी प्रभाव,रुपाताल संरक्षण एकिकृत विकास परियोजनाको काम संचालन भइरहँदाको होहल्ला,आगन्तुक जलेवा जातको चराको प्रकोप र गत दुई वर्ष अगाडी कम भुरा तालमा छोड्दा माछाको उत्पादनमा कमी आएको सस्थाका अध्यक्ष शिवराज अकिारीले जानकारी दिएका छन् ।
२०५८सालमा ३६ जना अग्रजहरुको सक्रियतामा सुरु गरिएको सस्थाले रुपाताल जलाधार क्षेत्रभित्र बसोबास गर्दै आएका एक घर एक परिवार सेयर सदस्य हुन पाउने गरी समान सेयर समान मुनाफाको नीति अनुरुप एक हजार ४६ सेयर सदस्य मार्फत्चार करोड १८ लाख ४० हजार रुपियाको सेयर पूँजी बनाउन सफल भएको छ ।
यसैबीच सस्थाको २४ औं वार्षिक साधारण सभाको अवसर पारेर सेयर सदस्य प्रत्साहनका स्वरुप उत्कृष्ट कारोबारतर्फ सुशीला अधिकारी,मीना तिमिल्सेना र सोमलाल पंगेनी,उत्कृष्ट बचतकर्तामा कृष्ण माया थापा र राजाराम पंगेनी,प्राविधिक सेवा तथा परामर्शतर्फ ठाकुरप्रसाद लामिछानेलाई सम्मान गरिएको थियो ।
रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अध्यक्ष शिवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सस्थापक अध्यक्ष लेखनाथ ढकाल,पुर्व अध्यक्ष कुलप्रसाद अधिकारी,सल्लाहकार टीकाराम पंगेनी,धु्रवनाथ अधिकारी,लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका अधिकारी पराजुली,सहकारी विज्ञ भोजराज घिमिरे र सेयर सदस्यहरुकोतर्फबाट फुलमाया गुरुङलगायतले आफनो धारणा राखेका थिए ।
सस्थाका सचिव विरेन्द्र ढकालले संचालन गरेको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष सुशीला थापाले गरेकी थिइन् भने व्यवस्थापक नवराज खड्काले सस्थाको आर्थीक अवस्था र आगामी दिनमा गर्न सकिने योजनाबारे जानकारी गराएका थिए ।





