बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एक थुङ्गा सयपत्रीको मूल्य ५ रुपैयाँ

एक थुङ्गा सयपत्रीको मूल्य ५ रुपैयाँ

महानगरको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार सयपत्री फूलमा आत्मनिर्भर रहेको पोखराका विभिन्न स्थानहरूमा उत्पादन भएका सयपत्री फूलहरूको ग्रेडिङ गरी ‘ए’, ‘बी’ र ‘सी’ फूलको आकार अनुसार मूल्य तोकिएको हो ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १ २०८२, शनिबार

पोखरा/पोखरा महानगरपालिकाले तिहारको समयमा अत्यधिक माग हुने स्थानीय सयपत्री फूलको बिक्री स्थान तथा मूल्य तोकेको छ ।

महानगरको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार सयपत्री फूलमा आत्मनिर्भर रहेको पोखराका विभिन्न स्थानहरूमा उत्पादन भएका सयपत्री फूलहरूको ग्रेडिङ गरी ‘ए’, ‘बी’ र ‘सी’ फूलको आकार अनुसार मूल्य तोकिएको हो ।

‘ए’ ग्रेड १५ देखि २० ग्राम प्रतिथुङ्गा फूलको मूल्य .५, प्रतिमाला १५० र प्रतिकेजी ३ सयदेखि ४ सय रुपैयाँ तोकिएको छ । यस्तै ‘बी’ ग्रेड १० देखि १५ ग्राम प्रतिथुङ्गा फूलको मूल्य ४, प्रतिमाला १३० र ‘सी’ ग्रेड ५ देखि १० ग्राम प्रतिथुङ्गा फूलको मूल्य रु. २, प्रति माला रु. १०० रुपैयाँ तोकिएको छ ।

उनका अनुसार पोखरा महानगरपालिकाका करिब २५ बढी स्थानहरूमा स्थानीय सयपत्री फूलको बिक्री स्थल पनि तोकिएको छ । तोकिएका स्थानहरूबाट यही कात्तिक ३,४ र ५ गते सयपत्री फूलहरू खरिद गर्न सकिने छ ।

पोखरा महानगरपालिकाको सहयोगमा करिब ३ सय रोपनीमा सयपत्री फूल खेती भइरहेको छ । यस वर्ष ३ लाख माला उत्पादन हुने र करिब ३ देखि ४ करोडको कारोबार हुने अनुमान गरिएको छ । विगत ३ वर्ष देखि निरन्तर बीउमा अनुदान तथा बजारीकरणमा सहजीकरण गर्दै आएको पोखरा महानगरपालिकाले कृषकहरूलाई न्यूनतम समर्थनमूल्य समेत प्रदान गर्दै आइरहेको छ ।

नगर प्रमुख धनराज आचार्यले स्थानीय सयपत्री फूलमा पोखरा महानगरपालिका आत्मनिर्भर भइसकेकाले प्लास्टिकका फूलमालाहरु बिक्री वितरण नगर्न अनुरोध गरेको छ । नगर क्षेत्रमा नै उत्पादन भएको स्थानीय सयपत्री फूलले नै यस वर्षको दीपावली मनाउन उनले आग्रह गरे । कृषकहरूको मनोबल उच्च बनाउनका लागि मल, बीउ, उत्पादनको बजारीकरण र समर्थनमूल्यमा समेत सहयोग गर्दै आइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->