आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङको नयाँ बसपार्कमा चहलपहल

बागलुङको नयाँ बसपार्कमा चहलपहल

बसपार्क वरपरको जग्गा सम्याइएको, घडेरीहरु निकाल्ने काम भैरहेको र बाँकी खण्डमा पनि डोजर लगाएर आवस्यक जग्गा व्यवस्थापन भैरहेकोले छिटै कामले पुर्णता पाउने नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २ २०८२, आइतबार

बागलुङ/बर्षौपछि संचालनमा ल्याइएको बागलुङ बसपार्कमा चहलपहल बढेको छ । बनाएर बस चलाउने सम्झौता पछि मानिसको आवतजावत र बसहरु पूर्ण रुपमा संचालनमा आउन थालेका छन् । अझै जग्गा दाताको घडेरी बनाएर दिन नसकेको नगरपालिकाले काम थालेको बताएको छ । अन्तराष्ट्रिय बागलुङ समाजले भलिबल प्रतियोगिता राखेपछि दावगरा बसपार्कमा चहलपहल भने बढेको हो ।

बस बाहेक जिप र इभी पनि प्रसस्त रुपमा यहाँ गएका छन् । जसले गर्दा उपल्लाचौरको व्यवसायपनि बढेको छ । जनतासँग जग्गा लिएर २४ बर्ष अघि बसपार्क सम्झौता भएको थियो । भलिबल प्रतियोगिता उद्घाटनको क्रममा पुगेका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले पनि बसपार्क व्यवस्थापनको काम भैरहेको बताए ।

बसपार्क वरपरको जग्गा सम्याइएको, घडेरीहरु निकाल्ने काम भैरहेको र बाँकी खण्डमा पनि डोजर लगाएर आवस्यक जग्गा व्यवस्थापन भैरहेकोले छिटै कामले पुर्णता पाउने उनले बताए । खेलका कारण सयौं मानिस उपस्थित दावगराबाट नियमित रुपमा सवारी साधन छुट्न थालेका छन् । अटो, जिप र माइक्रोबस पनि यहाँ पुग्ने गरेका छन् । त्यस बाहेक चार्ज स्टेशन भएकोले इभी गाडि पनि नियमित जाने गरेका छन् ।

वडा नंं ४ को उपल्लाचौर स्थित दाबगरामा निर्माण भएको बसपार्क २५ बर्षकालागि ‘आरबी कन्स्ट्रक्सन प्रालि पोखरासँग बागलुङ नगरपालिकाले सम्झौता गरेको छ । हरेक बर्ष नगरपालिकाको खातामा १६ लाख २५ हजार, मुअक २ लाख ११ हजार र अग्रिम आयकर २७ हजार ५ सय ४३ रुपैयाँ समेत तिर्ने गरी सम्झौता भएको हो । २५ बर्षमा उक्त कन्स्ट्रक्सनले बसपार्क संचालन गरेबापत बागलुङ नगरपालिकालाई ८ करोड ५५ लाख ६१ हजार रुपैयाँ भुक्तानी गर्नेछ ।

भदौ दोश्रो साताबाटै यो बसपार्कबाटै बस छुट्ने गरेका छन् । यस अघिको चिप्लेटी बसपार्क सुनसान हुने भयो भनेर स्थानीय केही समय आक्रोसित समेत थिए । नगरपालिकाले भने उक्त स्थानलाई उपयुक्त व्यवसायिक स्थल बनाउने गरी तयारी गरिरहेको श्रेष्ठले बताए । स्थानीयको चाहना अनुसारको काम गर्न पहल भएको उनको भनाइ छ ।

बसपार्क बनेपछि नियमित बस संचालन हुँदा उपल्लाचौर, रमेटार सम्मका स्थानीय पनि खुसी भएका छन् । बस छुट्ने बेलामा भने यात्री उठाउन पुरानो बसपार्क पनि आउने गरेका छन् । टर्मिनल भवन सहित १७ रोपनी जग्गामा निर्मित बसपार्कमा ३ वटा टिकट काउन्टर, १७ वटा सटर र ३ वटा कर्मचारी कक्ष समेत छ । बसपार्कमा महिला ६ वटा र पुरुष १२ गरी १८ वटा शौचालय समेत छन् । मोटर ग्यारेज, ईभी चार्ज स्टेशन र खानेपानीको ट्यांकी समेत नगरपालिकाले निर्माण गरेर संचालनमा ल्याइसकेको हो ।

२०५८ मा स्थानीय बासिन्दाले साँढे १७ रोपनी जमिन निशुल्क दिएपछि बसपार्क निर्माणको काम शुरु भएको थियो । ठेक्कापट्टाको कामले ढीला हुँदा २०७७ जेठमा बसपार्क निर्माण सकिएको थियो । ५बर्षदेखि बसपार्क बनेरपनि यो संरचना उपयोग बिहिन थियो । अब भने बसपार्क चलेको छ । घडेरी व्यवस्थापन गरेर स्थानीयलाई दिंदा यो क्षेत्र अझै चहलपहलको बन्ने छ ।
बसपार्क निर्माणका लागि स्थानीय ६० परिवारले ५९ रोपनी जग्गा दिएका थिए । १७ रोपनीमा बसपार्क बनिसकेपछि बाँकी जग्गा घडेरी बनाएर उपभोक्तालाई हस्तान्तरणगर्ने शर्त छ । उक्त जग्गामा १ सय २ वटा घडेरी स्थानीयलाइ फिर्ता गर्नुपर्नेछ । बसपार्क संचालनमा आएकोले अब भने जग्गा पाउने स्थानीयले आसा गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->