लेखनाथ/पोखरा २६ को बुढिबजारमा रहेको जनप्रिय सहकारी संस्थाको २२ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनले आगामी कार्यकालका लागि पुनः रविन्द्र अधिकारीलाई अध्यक्षमा चयन गरेको छ ।
निर्वाचनको कार्यक्रमअन्तर्गत अधिकारीको मात्र उमेदवारी परेकाले उनी निर्विरोध अध्यक्षमा चयन भएका हुन् । उपाध्यक्ष पदका लागि तीन जनाको उमेदवारी परेपनि अन्तिम अवस्थामा सर्वसम्वत रुपमा कर्ण बहादुर जिसीलाई चयन गरिएको हो ।
यसैगरी समितिको सचिवमा दिपकनाथ भण्डारी, कोषाध्यक्षमा राजेश कुमाल, सह–सचिवमा पबित्रा गौतम ढुगाना रहेकी छन् भने समितिको सदस्यहरुमा रमेश जिसी, बुद्धराज बस्याल, समन्त रानाभाट र सुजन लामिछाने रहेका छन् । सोही भेलाले लेखा समितिको संयोजकमा रामकुमार श्रेष्ठ र सदस्यहरुमा पितृप्रसाद शर्मा र पुरुषोत्तम पराजुलीलाई चयन गरेको हो ।





