बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सम्बन्ध जोड्न सिकाउँछन् फूलहरू हार बनेर !

सम्बन्ध जोड्न सिकाउँछन् फूलहरू हार बनेर !


  • महानन्द ढकाल
  • कार्तिक ७ २०८२, शुक्रबार

१) मुक्तक

सम्बन्ध जोड्न सिकाउँछन् फूलहरू हार बनेर

प्रेम र सद्भाव पढाउँछ परम्परा दशैं(तिहार बनेर

हामी सतहमा रमाउँछौं गम्भीरता बुझ्नै चाहदैनौं

मौलाउँदै आउँछ विकृति र विसंगति प्रहार बने ।

२) मुक्तक

एक्लैएक्लै हिंडेर कहाँ पुग्ने विचार छ ?

उल्टो बाटो दगुरेर कहाँ पुग्ने विचार छ ?

खालि शून्य हो जिन्दगी शून्यमा नै बिलाउँछ

व्यर्थै तँछाडमछाड गरेर कहाँ पुग्ने विचार छ ?

३) मुक्तक

गुन बिर्सनु हुँदैन, बैगुन बिर्सनु हुँदैन

सुकर्मलाई दिएको, सगुन बिर्सनु हुँदैन

खुसी बिर्सिए हुन्छ, दुस्ख बिर्सिए हुन्छ,

पहराको सहारा बिस्कुन बिर्सनु हुँदैन ।

४) मुक्तक

सजिलो हुँदै हुँदैन धारमा हिंड्न

बिछ्याएर पैताला तरबारमा हिंड्न

पन्छीझैं स्वतन्त्र भई उड्नेहरूलाई

निकै कठिन हुन्छ विचारमा हिंड्न ।

५) मुक्तक

कसैले नसक्ने जिम्मेवारी मलाई दिनु होला

देशद्रोही जलाइदिन्छु सलाई दिनु होला

बोलेको गरिनँ गरेको बोलिनँ भने महोदय

गुनासो रहन्न चिता बनाई जलाइदिनु होला ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->