बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुस्ताङ भन्सार कार्यालयले उठायो सवा ३ अर्ब राजस्व

मुस्ताङ भन्सार कार्यालयले उठायो सवा ३ अर्ब राजस्व


  • ढोरपाटन संवाददाता
  • कार्तिक ८ २०८२, शनिबार

बागलुङ / नेपाल–चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले ३ अर्ब १४ करोड ४३ लाख ६ हजार ४ सय १ रुपियाँ राजस्व संकलन गरेको छ । गत भदौ ३१ गतेदेखि पूर्ण रुपमा व्यापारिक मार्गको रुपमा सञ्चालनमा आएको कोरला नाकाबाट मुस्ताङ भन्सार कार्यालयले शुक्रवारसम्म उक्त राजस्व रकम सङ्कलन गरेको हो ।

चीनबाट आयातनिर्यात गरिने मालसामान तथा विद्युतीय सवारीको सो भन्सार कार्यालयले सम्बन्धित व्यापारीको भन्सार एजेन्टमार्फत मालसामानको जाँचपास गर्ने गरेको छ। हालसम्म कार्यालयले ६६४ वटा मालवाहक कन्टेनरको जाँचपास गरी गन्तव्यमा पठाएको न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए।

खड्काका अनुसार हालसम्म चीनबाट कोरलानाका हुँदै आयात गरिएका मालसामान बाहक ६५७ कन्टेनरको जाँचपास भएको छ । नेपालबाट ७ वटा मालसामान कन्टेनर भन्सार जाँचपास भई कोरला नाकाबाट चीनतर्फ निकासी भएको भन्सार प्रमुख खड्काले बताए ।

कोरला नाकाबाट चीनबाट पैठारी गरिएका मालसामान दसैँ–तिहार लक्षित रेडिमेड लत्ताकपडा, कस्मेटिक र इलेक्ट्रोनिक सामान रहेको मुस्ताङ भन्सारले जनाएको छ । नेपालतर्फबाट भने हस्तकला सामग्री र नेपाली उत्पादन निकासी भएको भन्सार प्रमुख खड्काले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->