पर्वत/ पर्वतको मोदी गाउँपालिका–६ बेत्यानीस्थित मध्यपहाडी राजमार्गको सडक खण्डमा कुश्माबाट पोखरातर्फ जाँदै गरेको पिक अप बोलेरो जीप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।
घाइतेमा जीपचालक कास्कीको अन्नपुर्ण गाउँपालिका–१ बस्ने ३३ वर्षीय सुनिल बिश्वकर्मा, सोही ठाउँका २२ वर्षका विशाल विश्वकर्मा र कालीकोट जिल्लाको पौलाटा गाउँपालिका–८ का २४ वर्षीय श्याम विष्ट रहेका प्रहरीले जनाएको छ । उनीहरु तिनैजनाको टाउको, हात र खुट्टामा चोट लागेको छ ।
सोमबार दिउँसो अन्दाजी ३ बजेर ४० मिनेटको समयमा ग ३ च ८८६० नं. बोलेरोको ब्रेक फेल भई चालकले नियन्त्रण गुमाई सडकबाट अन्दाजी १५ मिटर तल मोदीखोलामा खसेर दुर्घटना भएको हो । घाइतेलाई उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका निरीक्षक सुमित श्रेष्ठले बताए ।





