सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

१४ औं संस्करणको पोखरा महोत्सव पुष २९ देखि माघ ११ सम्म

१४ औं संस्करणको पोखरा महोत्सव पुष २९ देखि माघ ११ सम्म


  • ढोरपाटन संवाददाता
  • कार्तिक १० २०८२, सोमबार

पोखरा / युनाइटेड क्लब पोखराले आयोजना गर्ने १४ औं संस्करणको पोखरा महोत्सव आगामी पुषको २९ देखि माघको ११ गते सम्म हुने भएको छ । क्लबको १६ औं साधारण सभाले पोखरा महोत्सव अमरसिंह चौरमा आयोजना हुने गरि मिति तोकेको हो ।

हालै सम्पन्न साधारण सभामा क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबले सामाजिक कामका लागि पोखरा महोत्सवलाई निरन्तरता दिदै आइरहेको र आगामी १४ औं संस्करणको पोखरा महोत्सवमा समेत सवैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिए । सामाजिक क्षेत्रमा काम गर्दै आइरहदा संघर्ष र चुनौतिहरु थपिदै गइरहको बताउदै बख्रेलले क्लबलाई राष्ट्रिय स्तरको क्लव बनाउनतर्फ अहिलेका पदाधिकारीहरु लाग्नुपर्नेमा जोड दिए । साथै क्लबले हाल आफ्नै जग्गा रहेको स्थान लेखनाथको अर्चलेमा आवासिय छात्राबास निर्माणको काम तीब्र गतिमा अगाडी वढिरहेको र आगामी वर्ष ५ जना छात्राहरु राखेर छात्राबासको सुरुवात गर्ने बताए ।

क्लवका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले क्लब १६ वर्षमा प्रवेश गर्दै गर्दा आगामी दिनमा शिक्षा क्षेत्रलाई अगाडी बढाउदै आवाशिय छात्राबास निर्माणलाई नै जोड दिनुपर्ने धारणा राखे । सामाजिक कामकै कारण युनाइटेड क्लबको पहिचान भएकाले क्लबले लिएको उद्देश्य समेत बिस्तारै साकार हुदै गएको उनको भनाइ रहेको थियो । युनाइटेड क्लबका परिकल्पनाकार आनन्द थापाले अमरसिंह वरपरका युवाहरुलाई समेटेर स्थापना भएको क्लब आजसम्म आइपुग्दा क्लबका परिकल्पनाकारहरुको उद्देश्य अनुरुप वढेकोमा क्लबका स्थापना कालदेखि वर्तमान अध्यक्षहरु प्रति धन्यवाद ब्यक्त गरे । आफुले १६ वर्ष अगाडी देखेको सपना बिस्तारै साकार हुदै गएको उनको भनाइ थियो । स्थापना कालमा भएका चुनौतीपूर्ण दिनहरुकै कारण आज युनाइटेड क्लबले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताउदै परिकल्पनाकार थापाले कुनैपनि उद्देश्य प्राप्तिका लागि समय पर्खनुपर्ने धारणा राखे ।

साधारण सभामा क्लबका अध्यक्ष लोकबहादुर थापाले अध्यक्षको प्रतिवेदन, महासचिव दिनेश सुनारले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष जयराम आचार्यले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा अध्यक्ष थापाले क्लब १६ वर्षमा लाग्दै गर्दा सम्पूर्णको साथ र सहयोग नै मुख्य भएकाले आगामी महोत्सवलाई सभ्य र भब्यताका साथ सम्पन्न गर्नका लागि समेत सम्पूर्ण आजीवन सदस्य, सदस्य, कार्यसमिति सदस्य तथा पदाधिकारी र क्लबका शुभचिन्तकहरुलाई आग्रह समेत गरे । क्लबले आयोजना गर्ने पोखरा महोत्सव सम्पूर्ण पोखरेलीको महोत्सव भएको र पोखरा महोत्सवकै आम्दानीबाटनै क्लबले सामाजिक काम गर्दै आइरहेकाले १४ आंै संस्करणको पोखरा महोत्सवमा समेत अघिल्ला संस्करणको महोत्सव जस्तै भब्य र सभ्य बन्ने समेत उनको भनाइ रहेको थियो । कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिएभने क्लबका महासचिव दिनेश सुनारले कार्यक्रमको सञ्चालन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->