शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

तिलिचो वेश क्याम्पमा अलपत्र ७५० जनाको उद्धार

तिलिचो वेश क्याम्पमा अलपत्र ७५० जनाको उद्धार

लेक लागेर बेहोस भएका काठमाडौं-३१ का वीरेन्द्र रसाइलीलाई सशस्त्र प्रहरी, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङले खाङसारबाट हुम्डे स्वास्थ्य चौकीसम्म ल्याएको छ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक ११ २०८२, मंगलबार

पोखरा / हिमपातबाट अलपत्र परेका ७ सय ५० जनालाई तिलिचो वेश क्याम्पबाट उद्धार गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले हिमाली जिल्ला मनाङमा हिमपातमा फसेका व्यक्तिको उद्धार गरेका हुन्।

गएरातिदेखि परेको हिउँका कारण मनाङको तिलिचो वेश क्याम्पमा अलपत्र ७ सय ५० जनालाई उद्धार गरी डिस्याङ गाउँपालिका-९ स्थित खाङसार ल्याएको सशस्त्र प्रहरी बलले जनाएको छ।

अन्य ५० जनालाई तिलिचो वेश क्याम्पमा सुरक्षित साथ राखिएको छ। मनाङ घुम्न गएका पर्यटकलाई खाङसारमा बसोबासको समस्या भएपछि सुरक्षित साथ फर्कने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।

यसैबीच, तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर बेहोस भएका काठमाडौं महानगरपालिका-३१ का ४५ वर्षीय वीरेन्द्र रसाइलीलाई सशस्त्र प्रहरी, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङले खाङसारबाट हुम्डे स्वास्थ्य चौकीसम्म ल्याएको छ।

सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भएर उच्च भूभाग खोज तथा उद्धार तालिम समेत सञ्चालन गर्न थालेपछि हिमपातमा परेका नागरिकको उद्धारमा सहजता भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->