बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

द क्लिफमा अब जोडीले पनि बञ्जी गर्न सक्ने

द क्लिफमा अब जोडीले पनि बञ्जी गर्न सक्ने


  • ढोरपाटन संवाददाता
  • कार्तिक १३ २०८२, बिहिबार
filter: 0; fileterIntensity: -0.01; filterMask: 0; hdrForward: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: night;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: auto;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 31;

बागलुङ/द क्लिफले कालीगण्डकी नदी माथी संचालन गरेको बञ्जीमा नयाँ आर्कषण थपेको छ । एकल रुपमा गरिने बञ्जी अब जोडीको रुपमा पनि खेल्न सकिने भएको हो । यो खेलले पर्यटन प्रवद्र्दनमा सकारात्मक सुधार ल्याएको छ ।

केही समयदेखि नै यो अबसर शुरु गरेको भएपनि दशै तिहारको बिदामा कपल बञ्जीले बढी चासो बढाएको हो । घुम्न निस्केका अधिकांस युवाले कपल बञ्जी गरेर रमाएका छन् । द क्लिफ र बञ्जी बारे अनलाइन, समाचार र टेलिभिजनबाट देखेका हरुले जोडी मिलेर बञ्जी गर्न थालेका छन् ।

धरानबाट आएका मनिष श्रेष्ठले आफ्ना साथीहरुसँग जोडी बञ्जी गरेर मज्जा लिएको बताएका छन् । एकल रुपमा यस अघि नै बञ्जी गरेका श्रेष्ठले यो पटक मुस्ताङको कोरला घुमेर फर्केपछि जोडी बञ्जी गरेको सुनाए । अनलाइन मार्फट टिकट काटेर आएका श्रेष्ठले क्लिफको साइट हेरेर थप जानकारी पाएको बताए । द क्लिफले घुम्न आएका युगल जोडीको चाहना अनुसार नै कपल बन्जीको व्यवस्थापन गरेको प्रमुख कार्यकारी अधिकृत इशवरध्वज कार्कीले जानकारी दिए ।

द क्लिफमा बञ्जी सँगै स्विङ, स्काइ साइकल, स्काइ चियर, रक क्लाइम्बिङ जस्ता धेरै साहसिक खेल छन् । ती खेलले पर्यटकलाई आर्कर्षित गरेको छ । असोज देखिनै यहाँ पर्यटकको चाप बढेकोले दैनिक खेलमा भ्याइ नभ्याइ भएको द क्लिफका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कार्कीको भनाइ छ । उनका अनुसार दैनिक १ सय देखि १ सय ५० जनाले बञ्जी गर्दै आएका छन् । सोही संख्यामा अन्य साहसिक खेलमा सहभागि बन्छन् भने सहायक खेल अर्थात झट्का हान्ने पिङ, रक क्लाइमिङ, स्काई चियर जस्ता खेलमा बञ्जीकालागि आएकाहरुको परिवारका अन्य सदस्य पनि रमाउने गर्छन् । यहाँ दैनिक दुइ हजार सम्म पर्यटक भित्रिने गरेका छन् ।

यहाँ दैनिक खेलबाहेक घुमेर बास बस्ने पर्यटक पनि उत्तिकै आउने गरेका छन् । दैनिक एकसयबढी पाहुना त क्लिफको आफ्नै होटलमा पनि बासै बस्ने गरेको द क्लिफका निर्देशक नेत्र पराजुलीले बताए । यहाँ पारिवारिक घुमफिरकालागि आउनेहरु पनि बढेका छन् । द क्लिफले गत साउनदेखि शुरु गरेको ‘मेगाट्रेल’ ले पािरवारिक घुमाइलाई थप साथ दिएको छ । काठमाण्डौबाट आएका नाशिस शाहीले द क्लिफले पारिवारिक सुख दिएको बताए ।

मुक्तिनाथ हिडेका भारतीय पर्यटक र मुस्ताङ घुम्ने तेस्रो मुलुकमा पर्यटकलाईपनि द क्लिफ आर्कषक गन्तव्य बनेको छ । भारतको बिहारबाट आएका हेमन्त शाहीले पहाडमा पनि यति रमाइलो स्थल बनेका छन् भन्दा अनौठो लागेको बताएका छन् । मनस्थिति बनाएपछि परिस्थिति बनाउन सकिने अनुभव उनले सुनाए । आँट गरिसकेपछि बञ्जी मात्र नभई यहाँका अन्य खेल पनि खेल्न सकिने बताए । द क्लिफमा बञ्जी सँगै स्विङ, स्काइ साइकल, स्काइ चियर, रक क्लाइम्बिङ जस्ता धेरै साहसिक खेल छन् । ती खेलले पर्यटकलाई आर्कर्षित गरेको हो । साहसिक खेलकालागि चाहिने सहायक खेल अर्थात झट्का हान्ने पिङ, रक क्लाइमिङ, स्काई चियर जस्ता खेलमा बञ्जीकालागि आएकाहरुको परिवारका अन्य सदस्य पनि रमाउने गर्छन् । यहाा दैनिक दुइ हजार सम्म पर्यटक भित्रिने गरेका छन् ।

यहाँ दैनिक खेलबाहेक घुमेर बास बस्ने पर्यटक पनि उत्तिकै आउने गरेका छन् । दैनिक एकसयबढी पाहुना त क्लिफको आफ्नै होटलमा पनि बासै बस्ने गरेको द क्लिफका निर्देशक नेत्र पराजुलीले बताए । ‘दिउसोको खाजा खानाकालागि त सयौं आउने गरेका छन्’ उनले भने, ‘आबास भने धेरैलाई दिन सकेका छैनौं ।’ पराजुलीका अनुसार ४ वटा स्विट रुममा दैनिक १० जना सम्म बस्छन् । निजी स्विमिङ पुल सहितको लजले धेरैको आर्कषण थपेको छ । एकल बञ्जीकालागि ९ हजार तिर्ने ग्राहकले कपल बञ्जी गरेमा १५ हजारमा पाउने गर्छन् । गत साउनमा खुलेको मेगा ट्रेलमा भने परिवारका सदस्यहरुको आर्कषण छ । यह चार जना सम्मले यात्रा गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->