आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गलकोटको गाइघाट झरनामा ‘कायाकिङ’

गलकोटको गाइघाट झरनामा ‘कायाकिङ’

गलकोट नगरपालिका–६ निवासी सुनुवार साहसिक पर्यटनको क्षेत्रमा गाउँमै लगानी गर्नका लागि तत्पर भएको बताउँछन् ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १४ २०८२, शुक्रबार

बागलुङ/गलकोट र ताराखोलाको सङ्गमस्थलमा रहेको गाईघाट झरनामा कायाकिङको व्यवस्था मिलाइएको छ । झरनामा परीक्षण स्वरुप हाल १० वटा कायाकिङ (सानो डुङ्गा) उपलब्ध गराइएको छ । फेवातालमा निकै चर्चा पाएको कायाकिङ सानो आधुनिक डुङ्गा हो ।

ताराखोला गाउँपालिका–१ मा पर्ने गाइघाट झरना गलकोटतर्फ बगेको ताराखोलामा मिसिदै आएको छ । झरनामा पुग्ने अधिकांश पर्यटकले कायाकिङको मजा लिन थालेका छन् । सडकको स्तरोन्नतिसँगै मध्यपहाडी लोकमार्गका पर्यटकहरु समेत त्यता पुग्न थालेका छन् ।

बाह्रै महिना सफा पानी बग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै देखिने गर्दछ । झरना खसेको तालमा कायाकिङको व्यवस्था गरेपछि झरना हेर्न पुगेका पर्यटकलाई थप मनोरन्जन दिन थालेको छ ।

दसैँदेखि गाइघाट झरनामा कायाकिङको परीक्षण भइरहेको आधिबेरी एडभेञ्चरका सञ्चालक प्रकाश सुनुवार बताउँछन् । गलकोट नगरपालिका–६ निवासी सुनुवार साहसिक पर्यटनको क्षेत्रमा गाउँमै लगानी गर्नका लागि तत्पर भएको बताउँछन् ।

उनले ताराखोलाको गाइघाट क्षेत्रमा साहसिक पर्यटनको केन्द्र स्थापना गर्ने उद्देश्यले लगानी गर्न थालेको बताए । आधिबेरी एडभेञ्चरबाट गाइघाट झरना भन्दामाथि भुतेको गल्छीमा कायाकिङ गर्ने र रक कलाइमिङ गर्ने उद्देश्य राखिएपनि परीक्षणका लागि गाइघाट झरनामा कायाकिङ थालिएको सुनुवार बताउँछन् ।

‘गाउँपालिकाबाट अध्ययनका लागि अनुमति मागिएको छ, खोलामाथिको ढुङ्गा खोपेर हिड्ने र त्यहाँ पुगेर कायाकिङको आनन्द लिने गरी अध्ययन भइरहेको छ’, सुनुवारले भने, ‘साहसिक पर्यटनको ताराखोला गाउँपालिका–१ स्थित ताराखोला नदीको खोँच निकै सम्भावना युक्त स्थान देखियो, सुरुवाती चरणमा रु चार करोडसम्मको लागतमा ढुङ्गाको पहाडमा चड्ने, भुतेको गल्छी र गाइघाट झरनामा कायाकिङ गर्ने लगयातका साहसिक पर्यटनको क्षेत्रमा काम गर्ने योजना छ ।’

दसैंमा झरनाको तालमा थालिएको कायाकिङको राम्रो प्रचार भइरहेको उनको अनुभव रहेको छ । उनलाई साहसिक पर्यटनमा लगानी गर्नका लागि कायाकिङमा देखिएको आकर्षणले हौसाएको बताए ।

अध्ययन पश्चात खोँचमा रहेको पहरामा रड गाडेर हिँड्न सक्नेगरी साहसिक पर्यटनको काम अनौठो हुने सुनुवारको भनाइ छ । गाइघाट झरनालाई ताराखोला गाउँपालिकाले पूर्वाधार निर्माण, झरनामा पुग्ने पुल निर्माण, झरना वरपरका क्षेत्रमा सोलार बत्तीसमेत जडान गरिएको छ ।

अहिले झरनाको तालमा कायाकिङ गरेको एक घण्टाको रु ५०० लिइँदै आइएको छ । गलकोटका स्थानीय महेशकुमार श्रेष्ठले गाइघाट झरनामा परिवर्तन भइरहको बताए । पूर्वाधार निर्माणसँगै कायाकिङले पर्यटकलाई थप आर्कषित गर्दै आएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->