मुस्ताङ / मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे हिमालको ‘हिडन भ्याली’ मा हिमपातमा फसेका तीन विदेशी सहित १५ जना पर्यटकको उद्धार गरिएको छ । नेपाली सेनाको उच्च शिखर शिक्षालयबाट खटिएको उद्धार टोलीले तीन दिनको प्रयास पश्चात आज उद्धार गरिएको हो । करिब ५ हजार १ सय मिटरको बतासेडाँडा ईलाकामा फेला पारी साधारण स्वास्थ्य परिक्षण पश्चात जोमसोम ल्याउन लागिएको हो ।

उनीहरुलाई नेपाली सेनाको इन्द्रबक्स गण, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र गैरसैनिक पथ प्रदर्शक सहितको संयुक्त उद्धार टोलीले उद्धार गरी स्वास्थ्य परीक्षण पश्चात जोमसोम ल्याउने तयारी गरेका थियो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार १२ हजार ८०० फिट माथि टाप्सेडाँडा भन्ने ठाउँमा १५ जनाको टोली र नेपाली सेनासहितको टोली भेट भएका हुन् । शुक्रवार बिहान उनीहरुले सामूहिक रुपमा लन्च पनि गरेर अहिले याकखर्क भन्ने ठाउँमा आईपुगेका छन् ।
म्याग्दीकोे मुदीहुँदै राउन्ड धौलागिरी फन्को मारेर मुस्ताङ मार्फा फर्किदै गरेका ३ जना ब्रिटिस महिला सहित १५ जना हिमपातका कारण ‘हिडन भ्याली’मा अलपत्र परेका थिए । १५ जनाको टोलीमा ब्रिटिस नागरिकहरु Ms Mary Reape, Ms Catherine Wilson र Ms Emily Coats सहित उनीहरुको सहयोगका लागि गएका १२ जना नेपाली रहेका छन् । पदयात्रामा गएका उनीहरुहरु सोमवार साँझदेखि हिडन भ्यालीमा परेको बाक्लो हिउँमा फसेका थिए ।
तस्वीरहरुः नेपाली सेना





