बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तिलिचो ताल बेश क्याम्पबाट १९ पर्यटकको उद्धार

तिलिचो ताल बेश क्याम्पबाट १९ पर्यटकको उद्धार


  • ढोरपाटन संवाददाता
  • कार्तिक १५ २०८२, शनिबार

पोखरा/ सशस्त्र प्रहरीले मनाङको मनाङ ङिस्याङ गाउँपालिका–९ तिलिचो तालको बेश क्याम्पमा अलपत्र परेका ११ जना आन्तरिक पर्यटकको शनिबार बिहान उद्धार गरेको छ ।

यसअघि २ जना चिनियाँ नागरिक र १३ जना नेपाली गरी जम्मा १५ जना पर्यटक हिमपातको कारण तिलिचो तालको बेश क्याम्पमा अलपत्र परेको खबर प्राप्त भएकोमा २ चिनियाँ र ११ नेपाली गरि १३ जना मात्र रहेको फेला परेको छ ।

उनीहरु अलपत्र परेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज र मेडिकलसहितको टोली उनीहरुको उद्धारको लागि शुक्रबार त्यसतर्फ गएको थियो ।

उद्धार तालिम शिक्षालयबाट पैदल गएको सुरक्षा फौजले शनिबार बिहान ११ नेपालीलाई चामेतर्फ ल्याउँदै गरेको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । चिनियाँ नागरिक भने मौसम केही खुलेकाले भ्रमण पूरा गर्ने भन्दै बेश क्याममा नै बसेको थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->