मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

खेतमै ढलेको धान र रुझेको निहिनलाई के गर्ने ?

खेतमै ढलेको धान र रुझेको निहिनलाई के गर्ने ?

ढलेको धान कुहिने र मुसाले खाने चिन्ता बढेको छ भने काटेको धान हक्किने, पराल कुहिने सम्भावना पनि उत्तिकै देखिएको छ । यस्तोमा के गर्ने त ? पोखरा महानगरपालिकाको कृषि विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार ढलेको धानखेतमा सबैभन्दा पहिले पानीकोे निकास मिलाउने, ढलेको धानलाई सकेसम्म उठाउने र घाम लागेपछि राम्रोसँग सुक्न दिएरमात्र बाली काट्नुपर्छ ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १६ २०८२, आइतबार

पोखरा/कात्तिके झरी र हावा एवं मोन्था आँधीसँगै भएको वर्षाले पोखराका फाँटहरुमा लगाइएको जेठोबुढो र पँहेले धान सोत्तर भएको छ । केही ढिलो पाक्ने यी दुई प्रजातिका अलावा छिटो पाक्ने मनसुलीलगायतका धान निहिनमै रुझेको छ । सामाजिक सञ्जालतिर प्लाष्टिक ओडेर धान चुट्दै गरेका मन कुँड्याउने तस्वीरहरु पनि देखिएका छन् ।

कात्तिकमा अनायास नै परेको झरी र हावाहुरीले किसानको ठूलो क्षति भएको छ । ढलेको धान कुहिने र मुसाले खाने चिन्ता बढेको छ भने काटेको धान हक्किने, पराल कुहिने सम्भावना पनि उत्तिकै देखिएको छ । यस्तोमा के गर्ने त ? पोखरा महानगरपालिकाको कृषि विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार ढलेको धानखेतमा सबैभन्दा पहिले पानीकोे निकास मिलाउने, ढलेको धानलाई सकेसम्म उठाउने र घाम लागेपछि राम्रोसँग सुक्न दिएरमात्र बाली काट्नुपर्छ ।

त्यस्तै काटेको निहिन रुझेको अवस्थामा चाहिँ धानको बाला धेरै ठूलो थुप्रोमा नराख्ने अर्थात् निहिन पातलो बनाउने, सम्भव भएमा खेतमै अस्थायी छाप्रो बनाउने,पानी नजम्ने ठाउँमा राख्ने,जसरी हुन्छ हावापास गराउने (ओतमा ल्याएर फ्यानको प्रयोग सम्भव भएमा राम्रो),धेरै दिन पानीमा डुब्न नदिने र सम्भव भए खाली घर÷गोठ,घरको पिंडी वा त्यस्तै ठाउँमा चुटिएको धान हावा खेल्नेगरी सुकाउनु पर्छ ।

उनका अनुसार, वर्षा रोकिएपछि तुरुन्तै ध्यानपूर्वक फिँजाएर घाममा सुकाउने,भिजेको धान झाँट्दा वा थ्रेसिङ गर्दा धान टुक्रने भएकाले सुकेपछिमात्र झाँट्नुपर्छ । त्यसपछि २–३ दिन घाम परेपछि मात्र भण्डारण गर्ने तथा पराललाई अझ राम्रोसँग सुकाएरमात्र टौवामा हाल्नुपर्छ । नत्र,टौवामै पराल कुहिने सम्भावना हुने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->