बागलुङ/उद्योग वाणिज्य संघ बागलुङको आयोजना हुने आठौं बागलुङ महोत्सव बाङ्गेचौर खेल मैदानमा गर्नेगरी तयारी थालिएको छ ।
यसअघि महोत्सव धौलागिरि बहुमुखी क्याम्पसको प्राङगणमा हुँदै आएको भएपनि लामो समयको छलफलबाट निष्कर्ष ननिस्कीएपछि र अदालती प्रक्रियाका कारण बागलुङ नगरपालिका वडा नं. १ रामरेखास्थित बाङ्गेचौर खेलमैदानमा महोत्सव गर्नेगरी थालिएको उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्यले जानकारी दिए ।
संघले ‘‘पर्यटन, कृषि, कला, संस्कृति, उद्योग र व्यापार, समुन्नत बागलुङ निर्माणको आधार’’ भन्ने नाराका साथ आगामी पौष ११ देखि २१ गतेसम्म संचालन हुनेगरी गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सव गर्दैछ ।
एक सय ५० देखि २ सयसम्म व्यापारिक स्टल राख्ने र करिब ८ लाख अनुमानित दर्शक भित्राउने गरी आयोजना गर्न लागिएको महोत्सवको आकर्षणको रुपमा खुल्ला राष्ट्रिय दोहोरी गीत, खुल्ला प्रदेश स्तरीय महिला तथा पुरुष भलिवल, राष्ट्रिय कलकारहरुको प्रस्तुती, पञ्चेबाट, वक्तृत्वकला, साहसिक पर्यटकीय खेलहरुको प्रतियोगिता, कृषि प्रर्दशनी, बाल उद्यान रमाइलो मेला रहेको महासविच इन्द्रमणी पौडेल ‘अर्जुन’ले जानकारी दिए ।
गण्डकी प्रदेशका पर्यटकिय स्थल एवम् गतिविधीहरुको प्रचार प्रसार गर्ने, धार्मिक स्थल एवम् लोक सांस्कृतिक गतिविधीको प्रचारप्रसार एवम् जगेर्ना गर्ने, स्थानीय खेलाडिहरुको व्यक्तिगत र समाजिक अनुशासन स्थापित गराउँदै उनीहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउने लगायत महोत्सवको मुख्य उद्देश्य रहेको अर्जुनले बताए ।





