बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुस्ताङको छार्का भेरोलको हिउँमा फसेका दुई जनाको सकुशल उद्धार

मुस्ताङको छार्का भेरोलको हिउँमा फसेका दुई जनाको सकुशल उद्धार


  • ढाेरपाटन संवाददाता
  • कार्तिक २० २०८२, बिहिबार

पोखरा / मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ छार्का भेरोलको हिउँमा फँसेका २ जना आन्तरिक पर्यटकको विहीबार सकुशल उद्धार गरिएको छ । यो स्थान मुस्ताङ र डोल्पाको सिमाना हो ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा नेपाली सेनाको इन्द्रबक्स गणको टोलीले हेलिकप्टरमार्फत पर्वतको जलजला गाउँपालिका–३ का मनिष जिसी र म्याग्दीका सन्तोष कुँवरको सकुशल उद्धार गरेको हो । उनीहरूलाई जोमसोमस्थित पुथाङ विमानस्थलमा पु¥याएर आफन्तको जिम्मा लगाइएको छ ।

भारी हिमपातका कारण उनीहरु फँसेको जानकारी पाएपछि सेनाको सहयोगमा उद्धार गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले बताए । उनीहरू कात्तिक ९ गते उपल्लो डोल्पाको भ्रमणमा निस्किएका थिए । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–५ साङ्ता गाउँमा बास बसेर डोल्पा जाने क्रममा भारी हिमपात भएको थियो । डोल्पाको छार्का ताङसोङ गाउँपालिका–१ मुलुङ भन्ने स्थान पुगेका उनीहरु कात्तिक १६ मा मुस्ताङतर्फ फर्किएका थिए । तर ५ हजार मिटरको उचाईमा रहेको छार्का भेरोलबाट पदमार्ग पहिचान गर्न नसक्दा चार दिनसम्म अलपत्र परेका थिए । स्थानीय एक व्यक्तिले स्याटेलाइट फोनमार्फत छार्का भेरोलमा दुई पर्यटक अलपत्र परेको स्थानीय प्रशासनलाई जानकारी गराएपछि उनीहरुको उद्धार गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->