बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मनाङमा २ भारतीय नागरिक सम्पर्कविहीन

मनाङमा २ भारतीय नागरिक सम्पर्कविहीन


  • ढोरपाटन संवाददाता
  • कार्तिक २१ २०८२, शुक्रबार

पोखरा/ माथिल्लो मनाङ घुम्न आएका दुई भारतीय नागरिक झन्डै २ सातादेखि सम्पर्कविहीन भएका छन् । हराउनेमा ५२ वर्षीय जिग्नेशकुमार लालुभाइ पटेल र उनकी छोरी १७ वर्षकी प्रियांशीकुमारी सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

यही कात्तिक ३ गतेको दिन अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङमा प्रवेश गरेर माथिल्लो मनाङस्थित होटल (ग्याल्चेन एन्ड सिस्टर लज एन्ड रेस्टुरेन्ट) मा बसेका थिए । त्यसपछि ४१ सय मिटरको उचाईको मेलारेपा गुफामा ध्यान गर्न जाने भन्दै निस्किएका उनीहरुको अहिलेसम्म कुनै पत्ता नलागेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताए ।

मनाङ ङिस्याङ गाउँपालिका–५, भ्राकाबाट करिब २ घण्टा लाग्ने मेलारेपा गुफातर्फ गएका उनीहरु नफर्केको जानकारीपछि खोजी भइरहेको मनाङ प्रशासनले बताएको छ । उनीहरुको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, एक्याप र स्थानीय जुटेका छन् । ‘सबै स्थानमा खोजी गर्दा पनि केही पत्तो लागेको छैन’, सहायक प्रजिअ पौडेलले भने, ‘अव ड्रोनको सहायताले खोज्ने तयारी भइरहेको छ ।’ उनीहरु गत वर्ष पनि आएका थिए ।
जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डीएसपी हरि पौडेलका अनुसार भारतको गुजरात घर बताउने बाउछोरी कात्तिक ४ गते मेलारेपातर्फ जान्छु भन्दै निस्किएका थिए । उनीहरु सम्पर्कविहीन भएको भनी होटल सञ्चालकले कात्तिक १६ गते इलाका प्रहरी कार्यालय हुम्डेमा जानकारी गराएपछि असई अमरबहादुर केसीको नेतृत्वमा गएको टोली हिउँले जान नसक्ने भएपछि छोर्तेन गुम्बासम्म खोजतलास गरी फर्किएको उनले बताए । ‘गत वर्ष पनि यही सिजनमा आएर ध्यानमा बसेको र प्रतिकुल मौसमका कारण प्रहरीले नै उद्धार गरेको रहेछ’, डिएसपी पौडेलले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->