बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गैँडाकोटको मौलाकाली केबलकारको मर्मत सुरु

गैँडाकोटको मौलाकाली केबलकारको मर्मत सुरु

केबलकारका स्टेशन म्यानेजर सुरज पौडेलका अनुसार अस्ट्रियाबाट आएका प्राविधिक इन्जिनियरले केबलकारको मर्मत तथा पुनर्निर्माणको काम सुरु गरेका हुन् ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २२ २०८२, शनिबार

नवलपुर / गैँडाकोटमा रहेको मौलाकाली केबलकारको आजदेखि मर्मत-सम्भार सुरु भएको छ । गत भदौ २४ गते ‘जेन जी’ आन्दोलनका क्रममा यस केबलकारमा आगजनी गरिएको थियो । त्यसयता लगातार ६० दिनदेखि मौलाकाली केबलकारको सेवा बन्द रहेको छ ।

केबलकारका स्टेशन म्यानेजर सुरज पौडेलका अनुसार अस्ट्रियाबाट आएका प्राविधिक इन्जिनियरले केबलकारको मर्मत तथा पुनर्निर्माणको काम सुरु गरेका हुन् । आगजनीका कारण तल्लो स्टेशन र केबल तान्ने तार दुवै क्षतिग्रस्त भएका थिए ।

आइएमई समूहका अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालको करिब दुई अर्ब रुपैयाँ लगानीमा बनेको यो केबलकार साढे दुई वर्षअघि सञ्चालनमा आएको हो ।

यहाँको डाँडाकालीमा अवस्थित मौलाकाली मन्दिर दर्शन गर्न सहज होस् भन्ने उद्देश्यले केबलकार निर्माण गरिएको थियो । मर्मत-सम्भारको काम सकेर मंसिर १ गतेदेखि पुनः केबलकार सञ्चालन गरिने कार्यतालिका रहेको स्टेशन म्यानेजर पौडेलले जानकारी दिए । केबलकारमा १२ वटा डब्बा रहेका छन्, जसले एकपटकमा ९६ जना ओहोरदोहोर गर्न सक्छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->