बागलुङ / राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति बागलुङको अध्यक्षमा सरस्वती खड्का परियार पून सर्वसम्मत निर्वाचित भएकी छन् । शनिवार समपन्न प्रतिष्ठानको ८ औ जिल्ला अधिवेशन तथा २२औँ साधारणसभाले परियारको अध्यक्षतामा सर्वसम्मत जिल्ला कार्य समिति चयन गरेको हो । उनी यस अगाडि ७औँ जिल्ला अधिवेशनाबाट पनि अध्यक्षमा सर्वसम्मत चयन भएकी थिइन।
कार्य समितिको प्रथम उपाध्यक्षमा शिव शर्मा, द्धित्तीय उपाध्यक्षमा प्रेम थापा, महिला उपाध्यक्षमा धना सुनार, सचिवमा मनिष कँडेल, कोषाध्यक्षमा कल्पना चालिसे, सहसचिवमा तुलसा थापा र सह कोषाध्यक्षमा हिरा परियार चयन भएका छन ।
कार्य समितिको प्रवक्तामा कविता थापा सिता, संगठन विभाग प्रमुखमा प्रविण सुनार, सदस्यमा प्रतिभा कुँवर, सुनिता विक, सृष्टी क्षेत्री, ललिता घर्ती, सरस्वती परियार, कल्पना सापकोटा, बिनिता परियार, मिना परियार र तुलबहादुर विक चयन भएका छन ।
कार्यक्रममा प्रतिष्ठानलाई सहयोग गर्ने बानपा २ का वडा अध्यक्ष सुरज बोसेल, प्रतिष्ठानका संरक्षक तथा कलाकार लक्ष्मण श्री र कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्कालाई सम्मान गरिएको थियो । कार्य समितिमा रहि उत्कृष्ट काम गरेका प्रथम उपाध्यक्ष शिव शर्मा र सहसचिव तुलसा थापालाई पनि सम्मान गरिएको थियो ।





