बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कर्मचारी सहकारीमा पदमबहादुर

कर्मचारी सहकारीमा पदमबहादुर


  • ढोरपाटन संवाददाता
  • कार्तिक २४ २०८२, सोमबार

पोखरा/कर्मचारी बचत तथा ऋण सहकारी संस्थामा पदमबहादुर घिमिरे सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् । सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा छैटौं अधिवेशनबाट उपाध्यक्षमा सुरेशकुमार श्रेष्ठ, सचिवमा डिल्लीराम रेग्मी, कोषाध्यक्षमा गोपाल शर्मा निर्वाचित भएको निर्वाचन समितिका संयोजक रामजीप्रसाद कोइरालाले जानकारी दिए ।

सहकारी सदस्यमा सुमन शर्मा, चित्रा ढकाल, केदार धमला र चन्द्रकला बस्नेत निर्वाचित भएका छन् । सहकारीको लेखा सुपेरिवेक्षण समितिको संयोजकमा हेरम्ब शर्मा निर्वाचित भए । लेखा समितिका सदस्यमा सीता बराल र धनराज पराजुली चयन भएका छन् । सहकारीको ऋण उप समितिमा शिवराज बराल र रमेश पौडेल चयन भएका छन् ।

सहकारीको साधारण सभा तथा अधिवेशनको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका सचिव बासुदेव रेग्मीले उद्घाटन गरेका थिए ।

७ सय २५ जना सेयर सदस्य रहेको कर्मचारी बचत तथा ऋण सहकारीले १० करोड ३५ लाखको कुल कारोबार गर्दै आएको छ । ६ करोड बढी ऋण लगानी रहेको सहकारीमा ३ करोड ५४ लाख तलरता रहेको कार्यालय प्रमुख निरोज मल्लले जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->