बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कलश सहकारीको १४ औं साधारणसभा

कलश सहकारीको १४ औं साधारणसभा


  • ढोरपाटन संवाददाता
  • कार्तिक २४ २०८२, सोमबार

पोखरा/पोखरा महानगरपालिका–८ न्यूरोडमा अवस्थित कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुदीप अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संस्थाका ज्येष्ठ सदस्य डम्बरबहादुर क्षेत्री रहेका थिए ।

सभामा सहकारीका अध्यक्ष सुदिप अधिकारीले सदस्यहरुको वचत र लगानि संरक्षणलाई प्राथमिकतामा राखेर कार्य संचालन गरिएको बताए ।

सभाका अवसरमा संस्थामा उत्कृष्ट आर्थिक कारोबार गर्ने शेयर सदस्यहरु अनमोल रत्न ताम्राकार, सुर्य गिरी, कमला हमाल सम्मानित भए । कार्यक्रममा कोषाध्यक्ष एकराज गिरीले आर्थिक वर्ष २०८१÷८२ को आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समिती संयोजक विजेन्द्र शर्मा पौडेलले आर्थिक वर्ष २०८१÷८२ को लेखा सुपरिवेक्षणको प्रतिवेदन, अध्यक्ष सुदीप अधिकारी र सचिव रूपकराज मिश्र ले आ आफ्नो २०८१÷८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सभामा संस्थाका २ जना कार्यसमिति सदस्यले स्वास्थ्यको कारण देखाइ दिएको राजिनामा स्वीकृत गरिएको सचिव रुपक मिश्रले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->