बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

दिउँसो कारागारबाट छुटेर राती श्रीमतीको हत्या

दिउँसो कारागारबाट छुटेर राती श्रीमतीको हत्या

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक विजय यादवका अनुसार श्रीमतीलाई गम्भीर रूपमा कुटपिट गरी उनले घरकै कोठामा राखेका थिए ।


  • संजय रेग्मी
  • कार्तिक २५ २०८२, मंगलबार

पर्वत/जिल्लाको मोदी गाउँपालिका–६ दराकस्थित ५२ बर्षिया सिता बि.क.को श्रीमानको कुटाइबाट मृत्यु भएको छ ।

सोमबार राती करिब एक बजेको समयमा ५१ बर्षिय जित बहादुर बि.क.ले श्रीमती सितालाई कुटपिट गरी आफ्नै घरको कोठामा सुताएको पाइएको थियो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक विजय यादवका अनुसार श्रीमतीलाई गम्भीर रूपमा कुटपिट गरी उनले घरकै कोठामा राखेका थिए ।

आफ्ना ससुरा जितबहादुरले सासूमाथि आक्रमण गर्दा टाउको र अनुहारमा चोट लागेर रगतले लतपतिएको अवस्थामा सिरक ओढाइ राखेको भन्ने सूचना बुहारी शोभा बि.क.ले प्रहरीमा दिएकी थिइन् । लगत्तै प्रहरी चौकी देउपुर डिमुवाबाट प्रहरी हवलदार सोम बहादुर थापाको कमान्डमा गएको प्रहरी टोलीले घटनाको बारेमा बुझेको थियो । जहाँ महिला आफ्नै घरको सुत्ने कोठामा टाउको र अनुहारमा चोट लागेर अचेत अवस्थामा भेटिएकी थिइन् ।

लगत्तै प्रहरीले सिताको उपचारको लागि प्रदेश अस्पताल पर्वतमा लगेकोमा उपचारको क्रममा मङ्गलवार बिहान साढे पाँच बजे उनको निधन भएको हो ।

घटना घटाएका जित बहादुरलाई छिमेकीहरूले घरमा नै कोठामा थुनेर राखेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार जित बहादुर सोमबार मात्रै जिल्ला कारागार पर्वतबाट छुटेका थिए । उनी जबरजस्ती करणी मुद्दामा कारागारमा राखिएका थिए । घरमा श्रीमती सहित एक जना बुहारी र दुई महिनाकी नातिनी गरी चार जना बसेका थिए । तीन जना छोराहरू रोजगारीका लागि विदेशमा रहेका प्रहरीले बताएको छ ।

घटनाको बारेमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक सुदीप भण्डारीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटीएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->