बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भीमगिठे स्वास्थ्यचौकी निर्माण गर्न ४ करोड भारतीय सहयोग

भीमगिठे स्वास्थ्यचौकी निर्माण गर्न ४ करोड भारतीय सहयोग

स्थानीयले चन्दा संकलन गरेर स्वास्थ्यचौकीको नाममा पाँच रोपनी जग्गा खरिद गरेका छन् ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २५ २०८२, मंगलबार

बागलुङ / जिल्लाको बाडिगाड गाउँपालिकाको एक स्वास्थ्यचौकी निर्माण गर्न भारत सरकारबाट सहयोग प्राप्त हुने भएको छ । बडिगाड गाउँपालिका–७ मा रहेको भिमगिठे स्वास्थ्यचौकीमा सुविधा सम्पन्न भवन निर्माण गर्न भारतीय सरकारले ४ करोड ७ लाख बजेट उपलब्ध गराउने सहमती भएको छ ।

यसका निम्ती भारतीय राजदुतावास र बागलुङको बडिगाड गाउँपालिका बीच सोमबार सम्झौता भएको छ । भारतीय राजदुतावासको विकास साझेदारी तथा पुननिर्माण कार्यक्रम अन्तर्गत गाउँपालिकाको ७ नम्बर वडामा सुविधा सम्पन्न स्वास्थ्यचौकी भवन निर्माणका गर्नका लागि सम्झौता भएको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापाले जानकारी दिईन ।

सोमबार गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी र भारतीय दुतावास काउन्सलर अविनाश कुमार सिंहबीच भवन निर्माणमा रकम उपलब्ध गराउने सम्झौता भएको हो । स्थानीयले चन्दा संकलन गरेर स्वास्थ्यचौकीको नाममा पाँच रोपनी जग्गा खरिद गरेका छन् ।

उक्त जग्गामा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण गर्ने र भारतबाट आउने रकममा गाउँपालिकाले ५ प्रतिशत रकम साझेदारी गर्ने गाउँपालिका अध्यक्ष थापाले बताईन । बडिगाड गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकासका निम्ती विभिन्न विकासे साझेदारी निकायसँग साझेदारी गर्दै आइरहेको छ । पालिकालाई पोषणयुक्त पालिकाको रुपमा घोषणा गर्ने गरी काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->