पोखरा / नेपाल टेलिकमले आर्थिक वर्ष २०७९ /०८० सम्मको बक्यौता महसुल भुक्तानी गर्ने ग्राहकलाई जरिवाना छुट दिने भएको छ । टेलिकमका अनुसार मसिर १ देखि माघ मसान्त २०८२ भित्र बक्यौता रकम तिरेमा त्यसमा लाग्ने सबै जरिवाना रकम छुट हुनेछ ।
टेलिकमले सेवा उपभोग गरेर पनि महसुल नतिर्ने ग्राहकलाई नजिकको दूरसञ्चार कार्यालयमै गई उक्त अवसर सदुपयोग गर्न आग्रह गरेको हो । यस अवधिभित्र पनि बक्यौता नतिर्ने ग्राहकको नाम पत्रिकामा प्रकाशित गर्ने र नेपाल टेलिकमको वेबसाइटमार्फत कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउने समेत जनाएको छ ।





