बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बेनी–मालढुंगा सडक दैनिक ७ घण्टा बन्द हुने

बेनी–मालढुंगा सडक दैनिक ७ घण्टा बन्द हुने

कालोलोपत्रेको काम धमाधम भइरहेको सडकखण्डमा सवारीसाधन आवतजावत गर्दा समस्या भएपछि मंसिर १ गतेदेखि २० गतेसम्म बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सडक बन्द गर्ने निर्णय भएको हो ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३० २०८२, आइतबार

तस्बिरहरु : संगिता रेग्मी

म्याग्दी/म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुंगा सडक स्तरोन्नतिका लागि दैनिक ७ घण्टा बन्द हुने भएको छ। कालोलोपत्रेको काम धमाधम भइरहेको सडकखण्डमा सवारीसाधन आवतजावत गर्दा समस्या भएपछि मंसिर १ गतेदेखि २० गतेसम्म बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सडक बन्द गर्ने निर्णय भएको हो ।

सवारीसाधन आवतजावत गर्दा कालोपत्रे कार्य प्रभावित भएपछि बेनी–जोमसोम–कोरला सडक आयोजनाले अनुरोधमा एम्बुलेन्स र बिरामी बोकेका सवारी साधन तथा विकास निर्माणका अत्यावश्यक बाहेकका सवारीसाधनलाई बैकल्पिक मार्ग प्रयोग गर्न म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले अनुरोध गरेका छन् ।

कुश्मा नगरपालिका–१ मालढुंगादेखि जलजला गाउँपालिका ८,७,४ र ३ वडा हुँदै म्याग्दीको बेनी जोड्ने १३ किमी दुरीमा २ लेनकोसडक स्तरोन्नतिकार्य भईरहेको छ । उक्त सडक बन्दको समयमा मालढुंगा,बागलुङबाट रत्नेचौर हुदै बेनीको सडक प्रयोग गर्न सकिन्छ ।

ठेकेदारको ढिलासुस्ती र आयोजना पक्ष निरिह हुदाँ २०७७ साल चैत्र महिनामा ५२ करोड ४६ लाखमा ठेक्का सम्झौता गरेको ठेक्का अहिलेसम्म पूरा हुन सकेको छैन । २०४८ ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत सुरु गरेर २०५२ मा मार्ग खुलेको र २०६८ मा कालोपत्र भएको मालढुङ्गा–बेनी सडक पछिल्लो समय जीर्ण अवस्थामा थियो ।

म्याग्दी र मुस्ताङका साथै पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने मालढुङ्गा–बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->