बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

जेन जी आन्दोलनको मारमा परेको मौलाकाली केबलकार सञ्चालनमा

जेन जी आन्दोलनको मारमा परेको मौलाकाली केबलकार सञ्चालनमा


  • ढाेरपाटन संवाददाता
  • मंसिर १ २०८२, सोमबार

नवलपुर/ पूर्वी नवलपरासीको गैंडाकोटस्थित मौलाकाली केबलकार दुई महिनापछि सञ्चालनमा आएको छ । भदौ २४ गते जेन जी आन्दोलनका क्रममा प्रदर्शनकारीले केबलकारमा आगजनी गरेपछि सेवा अवरुद्ध थियो ।

केबलकारका स्टेसन म्यानेजर सुरज पौडेलका अनुसार अस्ट्रियाबाट आएका इन्जिनियरले केबलकारको मर्मत तथा पुनर्निर्माणको काम गरेर सोमबार बिहानबाट परीक्षण सुरु भएको हो । मंगलबार साँझबाट व्यवसायिक रुपमा केवलकार सञ्चालनमा आउने उनले बताए । केबलकार सेवा पुनः सञ्चालन हुने भएपछि पर्यटकीय तथा धार्मिक गन्तव्य मौलाकाली मन्दिर दर्शन गर्न भक्तजनहरूलाई सहज भएको छ । आगजनीबाट केबलकारको बटम स्टेसनमा पूर्ण क्षति पुगेपछि केबलकार बन्द थियो ।

केबलकारमा १२ वटा डब्बा रहेका छन । जसमा एकपटकमा ९६ जना ओहोरदोहोर गर्न सक्छन् । १२ सय मिटर लम्बाइको यो केबलकारबाट माथिल्लो स्टेसन पुग्न ५ मिनेट समय लाग्छ । गत साउनसम्मको साढे दुई वर्ष अवधिमा करिब ६ लाख दर्शनार्थीले ओहोरदोहोर गरेको पौडेलले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->