आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

निर्माण सुरु भएको १७ बर्षपछि दरमखोलामा बिुधत उत्पादन

निर्माण सुरु भएको १७ बर्षपछि दरमखोलामा बिुधत उत्पादन

९.६ मेगावाट बिधुत हरिचौर सवस्टेशन मार्फत राष्ट्रिय प्रसारण लाईनमा जोडियो ।


  • ढोरपाटन संवाददाता
  • मंसिर २ २०८२, मंगलबार

बागलुङ / निर्माण सुरु भएर पनि झण्डै १७ वर्षसम्म थन्किएको जिल्लाको गलकोटमा सञ्चालित दरमखोला जलविद्युत् आयोजनाले व्यवसायिक रुपमा विधुत उत्पादन सुरु गरेको छ । वि.सं. २०६५ मा निर्माण गर्ने योजना बने पनि व्यवस्थापकीय, आर्थिक र ठेकेदार चयनसम्बन्धी जटिलताले ढिला भएको यो आयोजना वि.सं. २०७७ बाट निर्माण कार्यलाई तिव्रता दिइएको थियो । पछिल्लो चार वर्षमा लगातार निर्माण कार्य अगाडि बढेपछि आयोजनाले पूर्ण क्षमतामा बिधतु उत्पादन सुरु गरेको छ ।

गलकोट-८ काँडेबासमा ड्याम र मनेवापाटा (पश्चिमतर्फ ४.५ किमी) मा पावरहाउस निर्माण गरिएको यस आयोजनाले आइतबारदेखि व्यावसायिक उत्पादन औपचारिक रूपमा सुरु गरेको दरमखोला हाइड्रो इनर्जी प्रालिका अध्यक्ष नरवहादुर पुन निरजले बताए । गत असोज ३० गते नै केन्द्रीय प्रसारण प्रणालीमा जडान भइसके पनि उत्पादक परीक्षणका कारण नियमित व्यवसायिक आपूर्ति भने आइतवारबाट सुरु भएको हो ।

दरमखोला हाइड्रोपावरको सुरुवाती इजाजत गोर्खा हाइड्रो पावर कम्पनीले पाएको थियो । तर लामो समयसम्म ठोस प्रगति नभएपछि इजाजत रद्द गरियो । त्यसपछि स्थानीय तथा निजी लगानीकर्ताले मिलेर गठन गरेको दरमखोला हाइड्रो इनर्जी प्रालिले परियोजना पुनः निर्माणमा सुरु गरेको थियो ।

अध्यक्ष पुनले भने, ‘आयोजनाको सर्भे वर्षौंअघि भए पनि काम सुरु गर्नै नसक्ने स्थिति थियो । कम्पनी परिवर्तनपछि मात्रै वास्तविक निर्माण सुरु भयो र अहिले उत्पादन दिन सक्ने अवस्थामा पुगेका छौँ ।’

आयोजनाले अहिले ६.६ मेगावाट विधुत उत्पादन गरिरहेको छ । इञ्जिनियर मिथिलेस चौधरीका अनुसार वर्षामा आयोजनाले ९.६ मेगावाट पुरै क्षमता दिन सक्छ । तर हिउँदमा पानीको स्रोत घटेकाले हाल ६.६ मेगावाट आसपास उत्पादन भइरहेको छ । आयोजनाबाट उत्पादित विद्युत् १४ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको हरिचौर सबस्टेसनमा प्रवाह हुँदै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

आयोजना निर्माण सम्पन्न गर्न करिब ४ वर्ष लागेको थियो । निर्माण सम्पन्न गर्न ढिलाइ हुनुका प्रमुख कारणहरूमाः जिम्मेवारी बोकेको प्रारम्भिक कम्पनीको निष्क्रियता, ठेक्का लिने कम्पनीहरू रामेछाप शेर्पा कन्स्ट्रक्सन र क्रिम हाइडल लिमिटेडसँगको तालमेलमा चुनौती, भौगोलिक कठिनाइ तथा स्थानीय समस्या र स्रोत व्यवस्थापन प्रमुख रहेको अध्यक्ष पुनले बताए । यी सबै बाधा पार गरेर आयोजना निर्माण पूरा गर्न दुई अर्बभन्दा बढी लगानी भएको पुन बताउँछन् ।

दरमखोला हाइड्रो पावर हालसम्म बागलुङमा सम्पन्न भएको सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । स्थानियस्तरमा विद्युत् पूर्वाधार निर्माण र प्रसारण विस्तारसँगै दूरदराजका बस्तीमा स्थिर रुपमा विधुत आपूर्ति पुग्ने स्थानीयको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->