बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नेपाल लाइफ इन्स्योरेन्सका दुई उपशाखा

नेपाल लाइफ इन्स्योरेन्सका दुई उपशाखा


  • ढोरपाटन संवाददाता
  • मंसिर ५ २०८२, शुक्रबार

पोखरा/जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले पोखराको विरौटामा उपशाखा संचालनमा ल्याएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुली र नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भुप्रसाद मिश्रले उपशाखाको बिहीबार उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै नेपाल बीमा प्राधिकरणका गण्डकी प्रमुख शम्भुप्रसा मिश्रले बीमितलाई सेवा सुविधा दिन आग्रह गरे । प्राधिकरणमा अभिकर्ताको विषयमा प्रश्न उठेकाले मिश्रले बीमा अभिकर्ता छनोट गर्दा ध्यान दिन कम्पनीलाई सुझाव दिए ।

कम्पनीको सेवा विस्तार गर्ने उदेश्यसहित उपशाखा विस्तार गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुली बताए । ग्रासरुटमा कम्पनीलाई बिस्तार गर्ने नीतिअन्तर्गत उपशाखा बिस्तार गरिएको पराजुलीले स्पष्ट पारे ।

नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी (निप्स) गण्डकी च्याप्टरका अध्यक्ष बद्री पौडेलले बिक्री पछिको सेवालाई ध्यान दिन सक्नुपर्ने बताए ।

नेपाल लाइफ इन्स्योरेन्स प्रदेश कार्यालय गण्डकीका प्रमुख शहदेव अधिकारीले बीमा बजारको सम्भावनालाई अध्यन गरेर विरौटामा उपशाखा संचालनमा ल्याइएको बताए ।

कार्यक्रममा कम्पनीका आर्थिक विभाग प्रमुख प्रेमप्रसाद रेग्मीले सफलताको शुभकामना व्यक्त गरे । नेपाल लाइफ इन्स्योरेन्स अभिकर्तासंघका केन्द्रीय सदस्य दामोदर सापकोटाले कास्कीमा शाखा स्थापना हुनु सकारात्मक भएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->