बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

छालाको उपचार र सौन्दर्यका लागि पोखरामा खुल्यो ‘लेट मी इन’ अस्पताल

छालाको उपचार र सौन्दर्यका लागि पोखरामा खुल्यो ‘लेट मी इन’ अस्पताल


  • ढाेरपाटन संवाददाता
  • मंसिर ६ २०८२, शनिबार

पोखरा/  छालाको उपचार र सुन्दरताका लागि ‘लेट मी इन’ कोरियन सौन्दर्य अस्पताल पोखरामा सञ्चालनमा आएको छ । काठमाडौंमा ८ वर्षदेखि सेवा दिइरहेको लेट मी इनले शुक्रबारदेखि पोखरामा पनि सेवा बिस्तार गरेको हो । छाला सम्बन्धी उपचार र सुन्दरताका निम्ति कोरियाली प्रविधि र उत्पादित सामाग्री नामी छ ।

पोखरा ट्रेड मलको चौथो तलामा छालाको उपचार र सुन्दरताका लागि करिब ५ करोड लगानीमा सुरु भएको लेट मी इनका कन्ट्री डाइरेक्टर विनोद सुवेदीले जानकारी दिए । कोरियाली प्रविधि र गुणस्तरीय सामाग्रीको लोकप्रियता, नेपालीहरुको माया र हौसलाले पोखरामा पनि शाखा बिस्तार गरिएको लेट मी इनका अध्यक्ष मा तोङ सुले जानकारी दिए । यसअघि यो कम्पनीले काठमाडौंको बानेश्वर र महाराजगञ्जबाट सेवा दिइरहेको थियो ।

पोखराको माग र सम्भावनाको अध्ययन गरेर सेवा बिस्तार गरिएको लेट मी इन पोखराका सिइओ शिवराम तिवारीले जनाए । पोखरामा खोलिएको शाखाको नायिका नीति शाह, कन्टेन क्रियटर सिशन बानियाँलगायतले रिबन काटेर उद्घाटन गरे । डाक्टरसहितको सुविधा रहेको शाखामा नर्स, स्वास्थ्यकर्मी र सहयोगी गरी १५ कर्मचारी छन् ।

अत्याधुनिक प्रविधिसहितको सुविधा भएको पहिलो सौन्दर्य अस्पताल रहेको कम्पनीको दावी छ । उद्घाटनको अवसरमा सबै सेवामा ३५ प्रतिशत छुटको व्यवस्था गरिएको तिवारीले जानकारी दिए । डाक्टर परामर्श निुशुल्क साथै नोभेम्बर ३० सम्म छुट सेवा प्राप्त हुनुको साथै एउटा सामान किन्दा अर्को सामान उपहार पाइने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->