बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

शुभकामना सहकारीको १६ औं साधारणसभा

शुभकामना सहकारीको १६ औं साधारणसभा


  • ढोरपाटन संवाददाता
  • मंसिर ७ २०८२, आइतबार

पोखरा/पोखरा ८ सिर्जनाचोकस्थित शुभकामना ऋण तथा बचत सहकारीको १६ औं साधारणसभा शनिवार सम्पन्न भएको छ ।

वार्षिक साधारणसभाको अवसरमा सहकारीले बचतकर्ता, कारोबारी, जेष्ठ सदस्य तथा सदस्यका सन्तान मध्ये कक्षा १२ को परीक्षामा उत्कृष्ट अंकसहित उर्तीण हुनेलाई सम्मानसमेत ग¥यो । कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने मध्ये छात्रातर्फ विज्ञा न्यौपाने र छात्रतर्फ सुजन पौडेललाई सम्मान गरेको हो ।

यस्तै उत्कृष्ट बचतकर्ताबाट रिना छन्त्याल र उत्कृष्ट कारोबारी सम्मान मै कुमारी हमाललाई प्रदान गरियो । यस्तै जेष्ठ सदस्यबाट नारेश्वर आचार्य सम्मानित भए । साधारणसभाको उद्घाट सहकारीका संस्थापक अध्यक्ष नरबहादुर कार्कीले गरेका थिए ।

सहकारीका कार्यवाहक अध्यक्ष रामचन्द्र आचार्यले सहकारीलाई विश्वास गरेर कारोबार गरेकोमा धन्यवाद व्यक्त गरे । उनले सहकारी चलिरहेको र पछिल्ला क्रममा केहि सहकारीमा देखिएको समस्याले अन्य सहकारीका बचतकर्तालाई लगानी गर्ने वा नगर्ने भन्ने दोधारमा पारिरहेको सुनाए । उनले आफुहरु विभिन्न उदेश्यका साथ सहकारीमा जोडिएका कारण अहिलेसम्म निरन्तर सहकारी अघि बढिरहेको बताए ।

उनले ढुक्क भएर बचतकर्तालाई सहकारीमा बचत र कारोबार गर्न आग्रह गरे । नियमित बचत र सहकारीमै कारोबार गरेमा सहकारी सञ्चालन हुने सुनाए ।

कार्यक्रमका वक्ताहरुले सहकारीको कार्यसमितिले के गरिरहेको छ, सहकारी कसरी चलिरहेको छ भनि सबै सदस्यहरुले कार्यालय पुगेर समय समयमा जानकारी लिन आवश्यक रहेको बताए ।

सेयर सदस्य जमुना शर्माले सहकारी अब व्यवसायमुखी हुन आवश्यक रहेको बताइन् । उनले सहकारीलाई उत्पादनसँग जोड्न सके गृहीणीहरुका लागि समेत आम्दानीको स्रोत हुने हुँदा त्यसतर्फ ध्यान दिन अनुरोध गरिन् ।

संस्थाका पुर्व अध्यक्ष दलबहादुर जिसीले संस्थाको स्थापनाबारेमा जानकारी गराएका थिए । कार्यक्रममा स्वागत मन्तव्य सहसचिव गोपालबहादुर घिमिरेले गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव ठाकुरप्रसाद सापकोटाले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->