पोखरा/पोखराको चिप्लेढुङ्गामा मुख्य कार्यालय रहेको सरल नमूना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष निर्मलप्रसाद बास्तोलाको अध्यक्षतामा जिल्ला सहकारी सङ्घ लिमिटेड कास्कीका अध्यक्ष दीपकराज बास्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त साधारण सभामा प्रमुख अतिथि जिल्ला सहकारी संघका लिमिटेड कास्कीका अध्यक्ष दीपकराज बास्तोला रहेका थिए । प्रमुख अतिथि बास्तोलाले अहिले कास्की जिल्लामा समस्यामा परेका सहकारीहरूमा तरलता कम भएर र केहीमा तरलता बढी भएर समस्या आएको बताए ।
उनले लगानीका उपयुक्त क्षेत्रहरू नरहेका कारण सहकारीहरूले आफ्ना सेयर सदस्यहरूलाई उचित प्रतिफल दिन नसकेको पनि बताए । सहकारीबाट ऋण लिने सदस्यहरूले आफूले लिएको ऋण समयमानै भुक्तानी नगर्दा बचतकर्ताहरूले बचत फिर्ता पाउन नसकेको पनि उनले बताए ।
संस्थाका अध्यक्ष निर्मलप्रसाद बाँस्तोलाको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाले अध्यक्ष निर्मलप्रसाद बास्तोलाको आर्थिक वर्ष २०८१÷८२ को प्रगति तथा आर्थिक वर्ष २०८२÷८३ को योजना सर्वसहमतिले पारित गरेको थियो र संस्थाका कोषाध्यक्ष रामप्रसाद लामिछानेबाट प्रस्तुत आर्थिक वर्ष २०८१÷८२ को आम्दानी तथा खर्च र आर्थिक वर्ष २०८२÷८३ को अनुमानित बजेट पनि पारित अध्यक्ष निर्मलप्रसाद बास्तोलाले जानकारी दिए ।
संस्थाका सल्लाहकार सरस्वती श्रेष्ठले सहकारी जोगाउन सेयर सदस्यहरू नै चनाखो हुनुपर्ने बताइन् भने शेयर सदस्यको तर्फबाट सदस्य हरिप्रसाद गौतमले सहकारी संस्थाले सदस्यहरू र हालको विद्यमान परिस्थितिलाई मध्यनजर गरी अनावश्यक खर्च रोक्नुपर्ने बताए ।





