पोखरा/कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा क्लब कास्कीका अध्यक्ष मोहनप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै क्लबका मानार्थ सदस्य तथा सभाका प्रमुख अतिथि भीमबहादुर गुरुङले विद्यमान समयमा सहकारी क्षेत्रमा देखिएको विकृति विसंगतिलाई निरुत्साहित गर्दै सञ्चालक र शेयर सदस्यको पुल बनी यस क्षेत्रको उत्थान र सहकारी अभियानलाई सशक्त बनाउनुपर्ने बताए ।
क्लबका निवर्तमान अध्यक्ष अपिल कोइरालाले सहकारीमा हुन सक्ने जोखिम न्यूनीकरणमा शेयर सदस्य, कर्मचारी र सञ्चालक समिति जानकार हुनुपर्ने बताए ।सभामा प्रस्तुत कोषाध्यक्ष सन्तोष रानाभाटद्वारा प्रस्तुत क्लबको आयव्यय विवरण र सचिव शंकरप्रसाद पौडेलद्वारा प्रस्तुत वार्षिक प्रगति र आगमी कार्यक्रम सम्बन्धि प्रतिवेदन अनुमोदन गरेको थियो ।
सभामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडबाट गण्डकी प्रदेशबाट सहकारीका उत्कृष्ट प्रमुख कार्यकारी अधिकृत सम्मानित गौरीशंकर बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा २५ हेम्जाका प्रमुख कार्यकारी अधिकृत डम्बरसिंहबस्नेतलाई सम्मान गरिएको थियो भने २०७५ सालमा स्थापित क्लबमा १२५ जना कास्कीका सहकारीका व्यवस्थापन प्रमुख सदस्य रहेको क्लबको सभा सञ्चालन सचिव शंकरप्रसाद पौडेलले गरेका थिए भने स्वागत मन्तव्य क्लबका उपाध्यक्ष विष्णुप्रसाद अधिकारीले राखेका थिए ।





