बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

रास्वपा मुस्ताङ सभापतिमा सुदेश, उपसभापति विष्णु थकाली

रास्वपा मुस्ताङ सभापतिमा सुदेश, उपसभापति विष्णु थकाली

र्‍यापिड एक्सन टीमको संयोजक महेन्द्र गुरुङ र उपसंयोजक आशिक गुरुङ छन् ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ८ २०८२, सोमबार

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हिमाली जिल्ला मुस्ताङमा पनि संगठन विस्तार गरेको छ । कार्यवाहक सभापति डीपी अर्यालको उपस्थितिमा भएको पहिलो जिल्ला भेलाले सुदेश गुरुङको नेतृत्वमा समिति गठन गरेको हो ।

भेलाबाट उपसभापतिमा विष्णु थकाली, सचिवमा जीवन हिराचन, सहसचिवमा पासाङ डोल्मा गुरुङ, कोषाध्यक्षमा शंकर गुरुङ चयन भएका छन् । यसैगरी सदस्यहरुमा खुम्सुङ आङ्गी गुरुङ, तेम्बा गुरुङ, वाङ्सु शेर्पा, सचिना नेपाली र हरि प्रसाद थकाली छन् ।

भेलाले जिल्लाको संगठन विभागको संयोजक सन्तोष गुरुङ र उपसंयोजक प्रेम पौडेललाई तोकेको छ । साथै, र्‍यापिड एक्सन टीम (आरएटी)को नेतृत्व पनि चयन गरिएको छ । र्‍यापिड एक्सन टीमको संयोजक महेन्द्र गुरुङ र उपसंयोजक आशिक गुरुङ छन् ।

रास्वपा गठन भएको ४० महिनापछि मुस्ताङमा पार्टी संरचना बनेको हो । आइतबार भएको पहिलो जिल्ला भेलाका लागि केन्द्रबाट कार्यवाहक सभापति अर्याल सहित नेताहरु शंकर श्रेष्ठ र साजन शर्मा मुस्ताङ पुगेका थिए । रास्वपाको जिल्ला कमिटी गठन हुन अब मनाङ र डोल्पा जिल्ला मात्रै बाँकी रहेको रास्वपा गण्डकीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->