बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

होटल संघ र एनआरएलबीच सहयोग सम्झौता

होटल संघ र एनआरएलबीच सहयोग सम्झौता

एनआरएलले संघका सबै पदाधिकारी, साधारण सदस्य र परिवारका सदस्यहरुका लागि रगत र पिसाबसम्बन्धी जाँचमा ३५ प्रतिशत छुट दिने गरी आइतबार यो सम्झौता भएको हो ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ९ २०८२, मंगलबार

पोखरा/होटल संघ पोखरा नेपाल र नेसनल रेफरेन्स ल्याब्रोटरी (एनआरएल) बीच प्रयोगशालासम्बन्धी परीक्षणमा छुट प्रदान गर्न आपसी सम्झौता भएको छ ।

एनआरएलले संघका सबै पदाधिकारी, साधारण सदस्य र परिवारका सदस्यहरुका लागि रगत र पिसाबसम्बन्धी जाँचमा ३५ प्रतिशत छुट दिने गरी आइतबार यो सम्झौता भएको हो । सम्झौतामा संघका अध्यक्ष लक्ष्मण सुवेदी र एनआरएल पोखरा नयाँ सडककी मार्केटिङ प्रमुख समिता आचार्यले हस्ताक्षर गरेका छन् । उल्लेखित छुटका अतिरिक्त संघअन्तर्गतका होटलमा कार्यरत कर्मचारीका लागि २० प्रतिशत छुट प्रदान गर्ने सहमति पनि भएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

होटल संघ परिवारका तर्फबाट सिफारिस भएर आउने सेवाग्रहीले पनि पाँचदेखि सात प्रतिशत छुट पाउने छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->