तनहुँ/ जिल्लाको म्याग्दे गाउँपालिकाले नवगठित म्याग्दे उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरुलाई मंगलबार बधाई तथा सम्मान गरेको छ । एघारौं उद्योग दिवसको अवसर पारेर पालिकाले उनीहरुलाई सम्मान गरेको हो ।
म्याग्दे उद्योग वाणिज्य संघ गत भदौमा मात्र जिल्ला प्रशासन कार्यालय तनहुँमा दर्ता भएको हो । यसअघि नगरपालिकास्तरबाट मात्रै उद्योग वाणिज्य संघ गठन र दर्ता हुँदै आएकोमा गाउँपालिकास्तरीय रुपमा दर्ता भएको म्याग्दे गण्डकी प्रदेशमा पहिलो संघ बनेको छ
संघका अध्यक्ष सुन्दरमणी अधिकारीलगायत पदाधिकारी तथा सदस्यहरुलाई म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे र प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले खादा, पुष्पगुच्छा र अविरले सम्मान गरेका गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेले बताए ।
स्वागत तथा सम्मान कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष सन्जिवबहादुर कोइरालाले संघका अध्यक्ष सुन्दरमणि अधिकारीलाइ पिन लगाएर प्रदेश सदस्य हस्तान्तरण गरेका थिए । कार्यक्रमका वक्ताहरुले म्याग्दे गाउँपालिकाको आर्थिक विकासका लािग उद्योगी व्यवसायीहरुको महत्वपूर्ण भूमीका रहने बताएका थिए । कार्यक्रममा उद्योग वाणिज्य महासंघ गण्डकीका संस्थापक अध्यक्ष कोइराला, उवासंघ गण्डकी प्रदेशका उपाध्यक्ष सुर्यबहादुर भुजेल, गाउँपालिका अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी, म्याग्दे उद्योग वाणिज्य संघ अध्यक्ष सुन्दरमणि अधिकारी, वडा नं. ७ का वडाध्यक्ष वसन्तकुमार श्रेष्ठ, कार्यपालिका सदस्य बद्रिका घिमिरे, गाउँपालिका आर्थिक विकास शाखा प्रमुख प्रदिप न्यौपाने लगायतले बोलेका थिए ।

म्याग्दे उद्योग वाणिज्य संघका पदाधिकारी र सदस्यहरु यसप्रकार छन् ।
अध्यक्ष सुन्दरमणि अधिकारी, उपाध्यक्ष सुरेन्द्र अधिकारी, महासचिव राजीव श्रेष्ठ, कोषाध्यक्ष खिमबहादुर नेपाली । सदस्यहरुमा सीता मल्ल, गणेशमान श्रेष्ठ, खमबहादुर नेपाली, सुशील न्यौपाने, विकास नेपाली, धर्मराज घिमिरे, भूपेन्द्र रानाभाट, नारायण श्रेष्ठ, नुक्तबहादुर भुजेल, दिपक रोका, होमबहादुर भण्डारी, अमृता भट्टराई र सुशिल श्रेष्ठ रहेका छन् । यसैगरी महिला उद्यमी विकास समितिमा मीनाकुमारी श्रेष्ठ, कृषि तथा पर्यटन विकास समिति सभापति रामबहादुर थापा, सल्लाहकारमा तीर्थनारायण मल्ल, कमलनारायण मल्ल र शेरकुमार मल्ल रहेका छन ।





