पोखरा/नेपालमा केई र फोर्थिङ इलेक्ट्रिक सवारीसाधनका अधिकृत वितरक लक्ष्मी ई–मोबिलिटीले पोखराको बुद्धचोकमा शोरुम सञ्चालनमा ल्याएको छ ।
लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले शोरुमको उद्घाटन गरे । उनले कम्पनीले पश्चिम क्षेत्रमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाउँदै आधुनिक, दिगो र प्रविधिमैत्री इलेक्ट्रिक सवारीसाधनलाई ग्राहकसम्म पु¥याउने बताए ।
सो अवसरमा कम्पनीले विशेष ग्राण्ड ओपनिङ अफर घोषणा गरेको थियो । जसअन्तर्गत विशेष नगद सुविधा, बोस ब्रान्डका इलेक्ट्रोनिक उपहार, एक वर्षको निःशुल्क अटो प्लस इन्सोरेन्स तथा रोड–ट्याक्स प्याकेज, साथै प्रत्येक बुकिङमा एक रातको आकर्षक स्टे–प्याकेजको व्यवस्था रहेको छ ।
कम्पनीका अनुसार नयाँ शोरुमले पोखराका ईभी प्रेमीलाई उच्चस्तरीय खरिद अनुभव दिलाउनेछ र वातावरणमैत्री गतिशीलताप्रति संगठनको प्रतिबद्धता अझ सुदृढ हुने कम्पनीको जिकिर छ ।
दिगो मोबिलिटी प्रवद्र्धनका लागि लक्ष्मी ग्रुपले रिल्याक्स रिर्चाज नेटवर्कमार्फत् देशभर ६३ भन्दा बढी चार्जिङ तथा सर्भिस स्टेशन विस्तार गरिसकेको जनाएको छ ।





