आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मन्त्री कुलमान घिसिङलाई गोलकोटेले बुझाए स्थानीय माग

मन्त्री कुलमान घिसिङलाई गोलकोटेले बुझाए स्थानीय माग

ध्यानाकर्षण पत्र ग्रहण गर्दै मन्त्री घिसिङले सम्बन्धित कार्यालय र निकायलाई यथाशिघ्र कार्य सम्पादन गर्न निर्देशन दिने बताए ।


  • ढोरपाटन संवाददाता
  • मंसिर १२ २०८२, शुक्रबार

बागलुङ /जिल्लाको गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाबाट राजधानीमा बसोबास गरेका गलकोटेहरुले त्यहाँका समस्याहरुका वारेमा भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलश्रोत तथा सिंचाई एवं सहरी विकास मन्त्री कुलमान घिसिङलाई भेटी आफ्ना मागहरु बुझाएका छन ।

मन्त्री घिसिङलाई मध्यपहाडी लोकमार्गको बागलुङ-बिहुँ खण्ड कालोपत्रे लामो समय बितिसक्दा नभएको, अन्तराष्ट्रिय गलकोट मुर्तिकलासम्म कालोपत्रे सडक निर्माण, गलकोट ताराखोला सहज यातायात अनि निशुल्क एम्बुलेन्स सेवा, स्थानिय तहको बजेटले सम्भव नभएका स्थानमा संघिय सरकार मार्फत खानेपानी योजनामा आवश्यक बजेट व्यवस्था गर्न आग्रह गरेका छन् ।

उनीहरुले गलकोट नगरपालिका ७ नं. वडा कार्यालयको भवन निर्माणको लागि आवश्यक बजेट विनियोजन, गल्याङ – पचुवा मोटरेवल पुल निर्माणले निरन्तरता नपाएको, यस क्षेत्रको पर्यटन, पर्यावरण र भईरहेको विकास निर्माणका काममा दिगोपन सँगै गुणस्तरियतालाई मध्यनजर गर्दै कार्यसम्पादन हुनुपर्ने लगायतका विषयमा ध्यानकर्षण गराईएको स्थानीय मिलन केसीले जानकारी दिए ।

मध्यपहाडी लोकमार्गको बागलुङ घोडाबाँधे खण्डले अपेक्षित सकारात्मक गति लिन नसक्दा त्यसको प्रत्यक्ष असर पर्यटन क्षेत्र र त्यस क्षेत्रको विकासमा प्रत्यक्ष असर परेको भन्दै ध्यानाकर्षण गराईएको गलकोट नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष राज बहादुर थापाले बताए ।

ध्यानाकर्षण पत्र ग्रहण गर्दै मन्त्री घिसिङले सम्बन्धित कार्यालय र निकायलाई यथाशिघ्र कार्य सम्पादन गर्न निर्देशन दिने बताए । मन्त्री घिसिङले नागरिकसँग आवश्यक सहकार्य गर्दै अघि बढ्ने समेत विश्वास दिलाउदै मागपत्रमा प्रस्तुत विद्यमान समस्या समाधानका लागि आफ्नो तर्फबाट आवश्यक पहल र कार्य सम्पादन गर्न निर्देशन दिने बताए ।

सो अवसरमा गलकोट घुम्टे विकास मञ्च काठमाण्डौ, बागलुङ गलकोट महिला समुह काठमाण्डौ, गलकोट समाज काठमाण्डौ, ताराखोला समाज काठमाण्डौ , बागलुङ समाज भक्तपुरका प्रमुख तथा प्रतिनिधीहरु सहित जनप्रतिनिधी, समाजसेवी र सरोकारवालाको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->