बागलुङ/मातृभूमी बहुउद्देश्यीय सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै धौलागिरि बहुमुखी क्याम्पसका पुर्व प्रमुख तथा प्रा. डा. रामप्रसाद उपाध्यायले सहकारी भनेको सहकार्यमार्फत उद्यमशिल शेयर सदस्य बनाउने खालको हुनुपर्ने बताए । उनले शेयर सदस्य बनेकाहरुले सधंै उचो शिर राखेर काम गर्न सक्ने बनाउनुपर्ने पनि बताए ।
पछिल्लो समय सहकारीहरुमा देखिएको समस्याले सहकारी संचालक लुक्ने, भाग्ने गर्नु परेकोमा नियम अनुसार चलेका सहकारीहरु निर्धक्क काम गर्न सक्ने बन्ने गरेको सहकारीका अध्यक्ष गुणराज पौडेलको भनाइ छ । उनले सहकारीलाई प्रतिस्पर्धी भन्दा पनि दिगो बनाउन प्रयास भएको बताए । उनले सत्रबर्ष अघि स्थापना गर्दाको भन्दा बढी गर्भिलो बनाउन प्रयास भएको बताए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका पुर्व प्रमुख जनकराज पौडेल, नयाँ विश्व अनलाइनका सम्पादक मुकेशचन्द्र राजभण्डारी, शेयर सदस्य माया पाण्डेय लगायतले शुभकामना मन्तव्य राखेका थिए । उक्त अबसरमा जेष्ठ शेयर सदस्य शोभादत्त शर्मा, उत्कृष्ठ कारोवार गर्ने मानकुमारी खत्री, व्यवसायी रेश्मी मल्ल, बिक्रम रुचाललाई सम्मान गरिएको थियो ।
त्यस्तै, बाल बचतकर्तातर्फ सचिन क्षेत्री र सविन क्षेत्री सम्मानित भए । बचतकर्तातर्फ बिष्णुकुमारी केसी र सृष्टी आचार्य तथा उत्कृष्ट कर्मचारीतर्फ गंगादेवी पौडेललाई पनि सम्मान गरियो । शेयर सदस्यका छोराछोरी मध्येबाट उत्कृष्ठ अंश ल्याएर उत्तिर्ण भएका बिद्यार्थी सुलभ केसीलाईपनि सम्मान गरियो ।
सहकारी संस्थाका अध्यक्ष गुणराज पौडेलको अध्यक्षता, सचिव रामप्रसाद शर्माको संचालन र उपाध्यक्ष चेतनारायण पौडेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।





