पोखरा/पोखराको गणेश टोलमा शनिबार दोस्रो संस्करणको यःमरी महोत्सव सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका वडा नं ४ को आयोजना तथा नेवाः मिसा पुचः कास्कीको समन्वयमा भएको महोत्सवको पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए । उनले पोखराको पुरानो बजार क्षेत्र संरक्षणका लागि योजना बनेको र छिट्टै काम सुरु हुने बताए ।
पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले विकास भनेको भौतिक पूर्वाधारमात्र निर्माण गर्नु नभएर कला र संस्कृतिको संरक्षण पनि रहेको बताए ।
नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेले पोखरा महानगर र वडा नम्बर ४ ले मौलिक कला र संस्कृतिको संरक्षणका लागि महत्वपूर्ण भूमिका खेलेको बताए । विकासमा सहकार्य गर्नुपर्नेमा उनको जोड थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले नेपाल प्रहरी शान्तिसुरक्षा कायम गर्न सक्षम रहेको बताए ।
महोत्सवमा यःमरी बनाउने प्रतियोगितासहित यःमरी बनाउनसमेत सिकाइएको नेवाः मिसा पुचः कास्कीकी अध्यक्ष संगीता बज्राचार्यले जानकारी दिइन् । यसअघि पोखरा ४ को कार्यालयबाट सुरु ¥याली पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्णटोलहुँदै गणेशटोलमा पुगेर उद्घाटन समारोहमा परिणत भएको हो ।





